तिलोत्तमा । रुपन्देहीकै पुरानो मध्येको क्लब झरना स्पोर्टस् क्लबको अध्यक्षमा धनेन्द्र पौडेल निर्वाचित भएका छन् ।
क्लबको ६४ औं साधारणसभा तथा ३१ औं अधिवेशनबाट १७ वर्ष क्लबको कोषाध्यक्ष रहेका पौडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा नगेन्द्र थापा,सचिव मोहनसिंह राना,कोषाध्यक्ष निर्मल थापा,सहकोषाध्यष किशोर पौडेल (तारानाथ) र सहसचिव गोपाल राना
निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा कमल थापा, ज्ञानबहादुर क्षेत्री,ठाकुर अधिकारी,नन्दलाल चौधरी,सुदर्शन गुरुङ,नितु थापा र सविता थापा रहेका छन् । क्लबले कुन्जलापुर गाउंका ३ सय घरमा चन्दा उठाएर हरेक वर्ष फुटबल प्रतियोगिता गर्दै आएको छ ।




