२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनीमा इन्जिनियरलाई लाग्यो चुनाव : मरासिनी र लम्सालका यस्ता छन् एजेण्डा

लुम्बिनीमा इन्जिनियरलाई लाग्यो चुनाव : मरासिनी र लम्सालका यस्ता छन् एजेण्डा

लुम्बिनीमा इन्जिनियरलाई लाग्यो चुनाव : मरासिनी र लम्सालका यस्ता छन् एजेण्डा

लुम्बिनीमा इन्जिनियरलाई लाग्यो चुनाव : मरासिनी र लम्सालका यस्ता छन् एजेण्डा

लुम्बिनीमा इन्जिनियरलाई लाग्यो चुनाव : मरासिनी र लम्सालका यस्ता छन् एजेण्डा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • बुटवल । नेपाल ईन्जिनियर्स एशोसिएसनको आसन्न महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा प्रदेश सभापति पदमा तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।

    केन्द्र सहित  सातै प्रदेशको भदौ २८ गते एकै दिन मतदान हुंदैछ । लुम्बिनी प्रदेशमा नेकपा एमाले निकट प्रोग्रेसिभ ईन्जिनियर्स एशोसिएशन नेपाल (पिन) बाट ई. जयलाल मरासिनी, कांग्रेस निकट सिडेनबाट ई. महेश्वर लम्साल र माओवादी निकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन)बाट ई. धर्मराज अर्यालले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

    तीनजनाको उम्मेदवारी परेपनि मुख्यरुपमा मरासिनी र लम्सालको बीचमा प्रतिस्पर्धा हुने धेरैको विश्लेषण छ । मरासिनी सेवा निवृत्त हुन् भने लम्साल सडक विभाग बुटवलमा कार्यररत छन् ।


    निर्वाचन समिति सदस्य ई. हेमराज शाहीका अनुसार पिनबाट मरासिनीको नेतृत्वमा प्रदेशबाट केन्द्रीय सदस्यमा बलराम पौडेल, उपसभापतिमा प्रभा पाण्डे, सचिवमा  शिशिर ज्ञवाली क्षेत्री, सह–सचिवमा  प्रदीप घिमिरे र कोषाध्यक्षमा राजु ढकालले उम्मेदवारी दिएका छन् ।


    त्यसैगरी सदस्यहरुमा विमल कँडेल, निशा बेल्बासे, सुवर्ण न्यौपाने,  तिलक चलाउने,  सुभाष पुलामी,  सुनिल केसी,  वल्लभ भण्डारी,  विपिन पौडेल,  आकास पराजुली र  विवेक पन्थीको उम्मेदवारी रहेको छ । 


    लम्सालको प्यानलबाट प्रदेशबाट  केन्द्रीय सदस्यमा आकाश शर्मा, उपसभापतिमा शिवप्रसाद तिवारी, सचिवमा प्रवेश पौडेल, सहसचिवमा संकल्प बुढाथोकी, कोषाध्यक्षमा प्रविन सापकोटाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य ई. हेमराज शाहीले बताए ।  सदस्यहरुमा जीवन पाण्डेय,अम्बिका ढुंगाना,कमल राज ढुंगाना,सुचित विष्ट,देवज्ञराज जोशी,सुरक्षित ज्ञवाली,कृतेश श्रेष्ठ,दीपेश गौतम,रुपेश परियार,अफजल मुहम्मद हल्वाईको उम्मेदवारी परेको छ ।  


    के भन्छन् मरासिनी ?
    सभापतिका उम्मेदवार जयलाल मरासिनीले इन्जिनियरका हकहितका पक्षमा डटेर लाग्ने बताए । इन्जिनियरहरु धेरै उत्पादन हुने गरेका तर रोजगारी नपाएर विदेश पलायन हुनपरेकोले रोजगारी संख्या बढाउन केन्द्र र प्रदेश सरकारसंग पहल गर्ने,सरकारले तोकेको न्युनतम तलब लागु नभएकाले लागु गराउन भूमिका खेल्ने मरासिनीले बताए । 

    received_856181729309807.jpeg
    ३७ वर्षको कार्य अनुभव सहित बुटवल कार्यालयको प्रमुखको रुपमा बुटवल – बेलहिया ब्यापारिक मार्गको ६ लेन सडक अन्तर्गत चौराहा – गोलपार्क सडक खण्डको ६ वर्ष सम्म भएको विस्तारको अवरोधलाई पन्छाएर काम अघि बढाएको, लामो अनुभव र परिपक्व पुस्ताबाट दरिलो युवा पुस्ताको नेतृत्व गरेको बताए । इन्जिनियरहरुले पार्टी भन्दा पनि सक्षम व्यक्तित्व हेर्ने र अघिल्लोपटक झिनो मतले जित्न नसकेकाले यसपटक साथीहरुले न्याय गरेर जिताउनेछन् भन्नेमा आफू ढुक्क रहेको मरासिनीको तर्क छ । 

    मरासिनीले स्थानीय तहहरुमा अधिकृत तह सातौं तहमा दरबन्दी खुलाउनुपर्ने, न्यूनतम तलब लागुहुनुपर्ने लगायतका एजेण्डा विगत देखि नै उठाउंदै आएका मरासिनीले बताए । फिलिपिन्सबाट बीएससीइ तथा पोखरा युनिभर्सिटीबाट निर्माण व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका मरासिनी हाल ६० वर्षको उमेरमा समेत ईन्जिनियर तथा ईन्जिनियरिङ क्षेत्रमा परेका समस्यालाई समाधान गर्न उम्मेदवार बनेको बताए ।


    के भन्छन् लम्साल  ?
    सभापतिका अर्का उम्मेदवार महेश्वर लम्सालले इन्जिनियरहरुको नियुक्ति कम्तीमा सातौं तहमा हुनुपर्ने, न्युनतम तलब ३७ हजार ५ सय हुनैपर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताए । यस्तै कार्यसम्पादनमा पारदर्शिता र सुशासन कायम गर्दै इन्जिनियर समुदायको गिर्दो शाखलाई रोकेर उचाईमा पुराउने, सम्मानित बनाउने र समृद्धिको वाहक इन्जिनियर नै हो, अरु कुनै विकल्प छैन भन्ने मान्यता स्थापित गराउने पनि आफ्नो एजेण्डा रहेको लम्सालले बताए ।

    received_805919518278772.jpeg

    देशमा बन्ने पुर्वाधारहरुलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन अभियान थाल्ने जस्तै स्थानीय कच्चा पदार्थको भरपूर प्रयोगबाट पुर्वाधार बनाउने, विदेशी सामानको प्रयोगलाई निरुत्साहित गरी देशको चुंलिंदो ब्यापार घाटा कम गर्न भूमिका खेल्ने । इन्जिनियरिङ पढाई हुने कलेजहरुमा नियमित अनुगमन र हस्तक्षेपकारी मनिटरिङ गरेर सर्टिफिकेट मात्र हैन, पूर्ण दक्ष र सक्षम जनशक्ति उत्पादनमा सहयोगी भूमिका खेल्ने आफ्नो प्राथमिकतामा रहेको लम्सालले बताए । 


    यस्तै  नयां उत्पादन भएका इन्जिनियरहरुलाई पुरानो पुस्ताले सहयोग नगर्ने परिपाटी अन्त्य गर्दै राम्रा अनुभव आदान प्रदान गर्दै  नयांलाई प्रोत्साहन गरेर देशमा टिकाउने, विदेश पलायनबाट रोक्ने पनि आफ्नो प्रयास हुने लम्सालले बताए । लम्सालले प्रदेश सभापतिको हकमा आफूले नयां पुस्ता र पुरानो दुबै पुस्ताको साथ पाएर नेतृत्वमा पुग्न चाहेको बताए । मेरो काम गर्ने शैली र कार्यक्षमताका कारण  कांग्रेस निकट मात्र नभई अन्य दलमा आस्था राख्ने  र स्वतन्त्र इन्जिनियरहरुले समेत मत दिने भएकाले आफ्नो र प्यानलको  जितमा शंका नरहेको लम्सालको दावी छ ।  


    ३३औं कार्यकारिणी समिति हुँदासम्म नेपाली कांग्रेस निकटका उम्मेदवारले ३० पटक जितेका छन् । संस्थाका देशभर करिब ४४ हजार सदस्य छन् । १८ हजार बढीले मतदान गर्ने निर्वाचन समितिले जानकारी गराएको छ ।
    केन्द्रीय कार्यसमिति २५ जनाको हुने व्यवस्था छ । केन्द्रबाट १८ र सात प्रदेशबाट १÷१ गरी केन्द्रीय कार्यकारिणी समिति बन्ने व्यवस्था छ ।


    मतदान केन्द्र प्रदेश र संघमा गरेर १३ स्थानमा तोकिएको छ । काठमाडौं र जनकपुरमा विद्युतीय मतदान हुने निर्वाचन समितिले जानकारी गराएको छ ।


    इन्जिनियर्स एसोसिएसन २०१९ सालमा स्थापना भएको थियो । बहुदलीय व्यवस्था पश्चात् एसोसिएसनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्ने प्रचलन बसेको थियो । २० औं कार्यकारणी समितिसम्म आउँदा प्यानलगत प्रतिस्पर्धा यस संस्थामा थिएन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij