२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रहेनन् पत्रकार पन्त

रहेनन् पत्रकार पन्त

रहेनन् पत्रकार पन्त

रहेनन् पत्रकार पन्त

रहेनन् पत्रकार पन्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१

  • भैरहवा । यस क्षेत्रका अग्रज पत्रकार चेतन पन्तको आइतबार राती ९ः१० बजे निधन भएको छ । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पन्तको सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।


    लामो समयदेखि उनी पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए ।


    लुम्बिनीको पर्यटन प्रर्वद्धनमा योगदान पुर्याउँदै आएका पन्त देशमा मात्रै  हाेईन विदेशमा पनि प्रचारक बनेर हिडेका थिए। समाचार, लेखसँगै देश-विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनका लागि अभियान नै चलाएका अभियन्ता थिए ।


    भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराउदै क्यान्सर विरुद्ध लडेका पन्तकाे ६६ वर्षको उमेरमा निधन भएकाे हो। उनकाे निधनले भैरहवा मात्रै हाेईन यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

    निधनले पत्रकारिता जगतसँगै भैरहवा क्षेत्र शोकमग्न भएको छ । पत्रकार, उधोगी, व्यवसायी, नेता, सामाजिक अभियान्ता, विधार्थीलगायतले निधनप्रति दु:ख व्यक्त गरेका छन् । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले पत्रकार पन्तको निधनप्रति दु:ख व्यक्त गर्दै उनको निधनले सिद्धार्थनगर नगरपालिकासँगै देशलाई अपूरणीय क्षति पुगेको बताए ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले निधनप्रति दु:ख व्यक्त गर्दै पत्रकार पन्तको निधनले पत्रकारिता जगतले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएकोले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन् ।


    पत्रकार पन्तको सोमबार बिहान ९ बजे भैरहवाको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij