२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विश्व आदिवासी दिवसको दिन नवलुपरमा सार्वजनिक विदा दिन माग

विश्व आदिवासी दिवसको दिन नवलुपरमा सार्वजनिक विदा दिन माग

विश्व आदिवासी दिवसको दिन नवलुपरमा सार्वजनिक विदा दिन माग

विश्व आदिवासी दिवसको दिन नवलुपरमा सार्वजनिक विदा दिन माग

विश्व आदिवासी दिवसको दिन नवलुपरमा सार्वजनिक विदा दिन माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार अर्थात साउन २५ गते ३० औं विश्वआदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको छ । 

    मंगलबार एक विज्ञप्ति जारी शुक्रबार अर्थात साउन २५ गतेृका दिन सार्वजनिक विदा दिन माग गरेको हो । 

    अघिल्ला बर्षहरुमा पनि नवलपुरका विश्व आदिवासी दिवसका दिन सार्वजनिक विदा दिने प्रचलन रहेको छ । यसैबीच गैडाकोट नगरपालिका सार्वजनिक गरेको बार्षिक क्यालेन्डरमा साउन २५ गते विश्वआदिवासी दिवसका दिन सार्वजनिक विदा समेत दिएको छ । 

    नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ल ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । 

    विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेफिनले यो वर्ष “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने मूल नारा सहित विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको सम्मेलनमा जानकारी दिइएको छ । 

    नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यस बर्ष नवलपुरमा जिल्ला, पालिका र वडा तहमा विश्वआदिवासी दिवस विविध कार्यक्रम गरी मनाइने जनाएको छ । 

    यसैसन्दर्भमा कावासोतीमा नेपाल आदिवासी जनजाति महासंघ जिल्लाको आयोजनामा आदिवासी जनजातिका अधिकारको सवालमा अन्तरक्रियादेखि शुभकामना आदानप्रदान, वृक्षारोपण लगायतका कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइने भएको जनाइएको छ ।

    453487879_1229031171452434_1550596392894104989_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij