२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

डेंगुको संक्रमणबाट एकजनाको मृत्यु

डेंगुको संक्रमणबाट एकजनाको मृत्यु

डेंगुको संक्रमणबाट एकजनाको मृत्यु

डेंगुको संक्रमणबाट एकजनाको मृत्यु

डेंगुको संक्रमणबाट एकजनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • बुटवल । डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका संक्रमित पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    अन्य रोग समेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको महाशाखाले जनाएको हो। महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाकाप्रमुख डा।गोकर्ण दाहालका अनुसार तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको हो।

    यसैबीच यो अगस्टका पाँच दिनमा देशभर ११७ डेंगी संक्रमित थपिएका छन् । जनवरीयता डेंगी संक्रमित हुनेको संख्या दुई हजार ३६५ पुगेकोे छ । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

    वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४७ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २८७ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

    कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६, तनहुँमा ११० जनामा देखिएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संखया १०० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij