२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।

    जसमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र १९  वर्षीय उत्सव चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।१९ प १३१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    त्यस्तै झापा, भद्रपुर नगरपालिका-९ निन्दा खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र २५ वर्षीय कृष्ण राई रहेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले भारतबाट घोडामारातर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

    त्यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-८ दोलु शुक्रबारे बस्ने २५ वर्षीय दिपेश माझीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij