२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ ।

    गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको हो । 


    गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०÷०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो । 

    त्यसैगरी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ भने तेस्रोमा बागलुङ आएको छ । बागलुङले ९७.६२५ अंक प्राप्त गरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७.५ ल्याएको छ भने पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७५ अंक ल्याएका छन् । 

    पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौँमा गुल्मी प्रशासन आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । त्यसैगरी सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेलधुराले क्रमशः ९६.८७५, ९६.७५, ९६.५६२५ र ९६.४३७५ अंक ल्याएका छन् । 

    पहिलो अंक प्राप्त गर्ने रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् । व्यक्तिहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रजिअ अर्यालले गरेका थिए । 

    एउटै कम्पनीमा काम गर्ने दुर्गाप्रसाद शर्मासँग भएको विवादका क्रममा छुरी प्रहारबाट साथीको हत्या अभियोगमा साउदी अरबको अदालतले सन् २०१८ सेप्टेम्बर ६ तारिखमा यादवलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय तोकेसँगै पाँच वर्ष कैद पूरा गरेपछि पीडित परिवारसित ‘ब्लड मनी’ सम्झौता गर्न र पीडित परिवारकासित सम्झौता नभएमा मृत्युदण्ड हुने उल्लेख गरेको थियो । पीडकलाई कडा सजाय हुनुपर्ने भन्दै ब्लडमनीमा सम्झौता नगर्ने अडानमा रहेको पीडित परिवारलाई सम्झाई बुझाई सहमतीकालागि मनाउँदै रुपन्देहीका व्यवसायीको सहयोगमा ४६ लाख बढी रकम जुटाएर प्रजिअ अर्यालले जीवन रक्षा गरेको विषय देशव्यापी रूपमा चर्चा पाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij