२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • बुटवल । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । राष्ट्रपति भवनमा भएको एक बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    ढका ट्रीब्युनका अनुसार  बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।


    मुहम्द युनिस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरूको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरूले अन्तरिम सरकारको प्रमुखको रूपमा प्रस्ताव गरेका थिए ।


    उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन । ८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्समा छन् । उनले अब स्वदेश फर्किने बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij