२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कावासोतीमा नगद  र गरगहना गरी ८ लाख बराबर चोरी

कावासोतीमा नगद  र गरगहना गरी ८ लाख बराबर चोरी

कावासोतीमा नगद  र गरगहना गरी ८ लाख बराबर चोरी

कावासोतीमा नगद  र गरगहना गरी ८ लाख बराबर चोरी

कावासोतीमा नगद  र गरगहना गरी ८ लाख बराबर चोरी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  •  

    नवलपरासी । नवलपुरको कावासोतीमा गएराति घर कोही नभएको मौकापारी चोरी भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घर कोही नभएको मौका पारी कावासोती १६ तिनघरे स्थित हुमलाल विकको घरमा चोरी भएको हो । 

    उनको घरबाट १ लाख ५० हजार नगद, औठी, तिलहरी, सिक्री लगायतका गरी ५ तोलाबराबरको सुनको गरगहना, खुत्रुकेमा बचत गरेको रकम, काँसका भाडाकुडा गरी ८ लाख बढीको नगद र गरगहना चोरी भएको हो । 


    केही अपरिचित व्यक्तिहरुले घरको मुलगेटको ताला फोरी चोरी गरेको प्रहरीले जनाएको छ । 

    हुमपाल विक कावासोती १ हात्तीखारमा आफ्नो दाजुको मृत्यु भएको घर गएका थिए । 

    घटना स्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गर्ने काम भईरहेको प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

    उनका अनुसार अहिले नवलपुरमा घर कोही नभएको मौका छोपी चोरी गर्ने घटनाहरु बढेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij