२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल

बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल

बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल

बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल

बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ ।

    अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्नु आफ्नो दायित्व रहेकाले केही समस्या परे सम्पर्क गर्न पनि सुझाएका छन् ।

    लन्डनस्थित नेपाली दूतावासले बेलायतका नेपाली संघसंस्थाहरुलाई आ-आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाउन अपिल गरिदिन आग्रह गरेको थियो ।

    एनआरएनए यूकेले आफ्नो एड्भाइजरीमा उच्च–जोखिम क्षेत्रहरूमा नजान, हिंसा फैलिएका स्थानहरूमा यात्रा नगर्न, विश्वसनीय समाचार स्रोतहरू र स्थानीय अधिकारीहरूबाट आधिकारिक अद्यावधिक सूचना मार्फत सूचित रहन सुझाएको छ ।

    त्यसैगरि, संघले जोखिम न्यूनीकरणका लागि कुनै पनि प्रदर्शन वा दंगामा भाग नलिन पनि सल्लाह दिएको छ । कुनै पनि हिंसा वा भेद्भावका घट्ना भए प्रहरी वा स्थानीय नेपाली संगठनलाई सूचित गर्न पनि एनआरएनए यूकेको आग्रह छ ।

    संघले बेलायतमा रहेका सबै नेपाली संस्थालाई आफ्ना सदस्यहरूलाई सहयोग प्रदान गर्न पनि आग्रह गरेको छ । केही समस्या परे स्थानीय अधिकारीहरू र नेपाली दूतावासलाई सम्पर्क गरि सहयोग लिन उसको सुझाव छ।

    अहिलेको चुनौतीपूर्ण समयमा सुरक्षा र एकतालाई प्राथमिकता दिने उल्लेख गर्दै केही समस्या भए आफ्नो संस्थामा सम्पर्क गर्न पनि अध्यक्ष गाहामगरले अनुरोध गरेका छन् ।

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij