२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

किन तराईमा दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ?

किन तराईमा दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ?

किन तराईमा दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ?

किन तराईमा दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ?

किन तराईमा दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • बुटवल । मनसुन सिजनमा सामान्यतया दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ । पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा दिउँसोभन्दा राति झन् धेरै वर्षा हुन्छ । तराईमा पानी पर्न वायुमण्डलको तल्लो भागमा मनसुनी वायु सक्रिय हुनुपर्छ । रातको समयमा कम तापक्रम हुने भएकाले तल्लो भागमा रहेको बादल चिसो हुने र पानी पर्ने मौसमविद्हरूको भनाइ छ । 

    घाम एकदमै लागेको समय जमिन तातेर ‘लोकल क्लाउड’ जम्मा हुन्छ, र स्थानीय वायु विकास भई त्यो राति बढी सक्रिय भएर पानी पर्ने गरेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।  “यस्तो अवस्थामा मनसुनी वायु र जमिन तातेर बनेको जलवाष्पबाट बनेको स्थानीय वायु दुईतिरबाट ठोक्किएर दिउँसो पनि पानी पर्ने सम्भावना हुन्छ,” उनले भने, “तर सधैँ अचानक स्थानीय वायु विकास नहुने भएकाले तराईमा दिउँसो तुलनात्मक रूपमा राति र साँझको तुलनामा कम वर्षा हुन्छ ।”  

    पहाडी भू–भागमा भने बादल माथि जाने क्रममा पहाडमा ठोक्किएर वर्षा हुन्छ । बादल माथि जाँदा उचाइ धेरै भएकाले चिसिएर वर्षा बढी हुन्छ ।

    मौसमविद् गोविन्द झा समग्रमा मनसुन सिजनमा दिउँसोभन्दा राति धेरै पानी पर्ने र तराईमा झन् धेरै राति वर्षा हुने प्रष्ट पार्छन् । “दिउँसो सूर्यको हिटले जमिन तात्छ । यसले प्रेसर डिफरेन्स हुन्छ ।

    मनसुनी वायु सक्रिय भएका बेला यसले पनि वर्षा गराउन ठूलो भूमिका खेल्छ,” उनी भन्छन्, “मनसुन सक्रिय नभए पनि मनसुनी रेखा नेपालबाट नजिकै छ । बंगालबाट आउने र अन्यबाट पनि जलवाष्पयुक्त वायुलाई सपोर्ट हुन्छ, त्यसैले दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ।” 

    मनसुन सिजनको विगतको तथ्यांकले यसलाई पुष्टि गर्ने उनको भनाइ छ । दिउँसो जमिन तातेर बन्ने बाफ वायुमण्डलमा गएर बादल बन्ने र मनसुनी वायुका कारण मनसुनमा राति बढी वर्षा हुने गरेको मौसमविद् झा बताउँछन् । 

    “हुन त मनसुन सिजनमा दिउँसोभन्दा राति धेरै वर्षा हुने हो । तर बंगालको खाडीको जलवाष्पयुक्त वायु र सूर्यको तातोका कारण चुरे पर्वतको रेन्ज र त्यसभन्दा तलको क्षेत्रमा अझ धेरै रातिको समयमा वर्षा हुन्छ,” उनी भन्छन् । 

    दिनभर सूर्यको तातोले जमिनमा रहेको पानी वाफ बनेर वायुमण्डलमा जाने र त्यो राति पानी बनेर बर्सिने मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् । “दिउँसो जमिन तातेर निस्किने बाफ वायुमण्डलमा जान्छ । राति तापक्रम घट्नेक्रममा त्यो बादल चिसिएर राति पानी पर्ने हो,” मौसमविद् हुमागाईं भन्छन् । 

    उनका अनुसार बिहानको तुलनामा दिउँसोदेखि नै बढी पानी पर्ने र राति झन् धेरै वर्षा हुन्छ । “जति तापक्रम चिसिँदै जान्छ, त्यति नै बादल चिसिएर वर्षा हुँदै जान्छ,” उनले भने । बिहान र दिउँसोभन्दा साँझ र राति झन् धेरै वर्षा हुने भए पनि जल तथा मौसम विज्ञान विभागसँग यसको यकिन तथ्यांक भने छैन । केही समय अगाडिसम्म म्यानुअल वर्षा मापन केन्द्र रहेकाले रियल टाइम तथ्यांक नआउने विभागको भनाइ छ । 

    “सन् २०१९ बाट स्वचालित जलमापन केन्द्रबाट रियलटाइम डाटा आउने गरेको छ । यसले दिउँसोभन्दा साँझ र राति झन् धेरै पानी पर्ने देखाएको छ,” मौसमविद् हुमागाईं भन्छन्, “तर हामीले दिउँसोभन्दा राति कति प्रतिशत बढी वर्षा हुन्छ भन्ने तथ्यांक भने राख्ने गरेका छैनौँ ।” 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij