बुटवल । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ ।
काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।
चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।
नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु
एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता, सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा आएन्




