२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी

बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी

बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी

बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी

बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • बुटवल ।बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताउनुभएको छ ।

    विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिनुभएको थियो । त्यसपछि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

    यसैबीच, बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले तत्काल बेलायतको शरण नपाउने देखिएको छ । भारतीय सञ्चारमाध्यमले हसिनाको सम्भावित निर्वासनबारे बेलायती अधिकारीहरुसँग लिएको प्रतिक्रियामा उनीहरुले  निर्वासन वा अस्थायी शरण लिनका लागि बेलायत यात्रा गर्ने प्रावधान नभएकोले  हसिनाले बेलायतको यात्रा गर्न नपाउने बताएका छन् । यसै कारण हसिनालाई केही समय भारतमै रोकिनुपर्ने भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij