२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • बुटवल । जनकपुरधामस्थित मिल्स एरियामा तीन फिट चौडाइ र सात फिट लम्बाइ भएको पसलमा प्रमोद मण्डल एकसुरले पानमा चुना लगाइरहेका थिए।

    'स्ट्यान्ड' फ्यानको तेज हावाले उनको कपाल फरफराइरहेको थियो। तीन वटा 'थ्री जिरो' (हिरामोती) र दुई वटा तुलसी (तीनसय पाँचसय) र एउटा मिठा पान तयार हुँदै थियो। अचानक बिजुली काटियो। घुमिरहेको स्ट्यान्ड फ्यान रोकियो। दुई मिनेट नबित्दै प्रमोदको अनुहारमा पसिना देखिए। केही मिनेटमा उनको शरीरको गन्जी पसिनाले निथ्रुक्क भयो।

    एक घन्टाको अन्तरालमा स्ट्यान्ड फ्यान ११ पटक रोकियो। प्रमोद असिनपसिन भइरहे।  पानको दोकान चलाउने प्रमोद जनकपुरको गर्मीमा छिनछिनमा गइरहने बिजुलीबाट आजित छन्। उनका अनुसार घन्टामा १५ पटकसम्म बिजुली जाने-आउने हुन्छ। “कुनै बेला बिजुली काटिएपछि तुरून्तै आउँछ। कुनै बेला ठेगान हुँदैन। तर बारम्बार काटिएर हैरान छौँ,” उनी भन्छन्, “बिजुली के कारणले काटिन्छ भन्ने जानकारी छैन।” 

    जनकपुरका रोशन पण्डित पनि पटकपटक बिजुली जाने समस्याले आजित छन्। उनका अनुसार बिजुली काटिदा औसत र निम्न आर्थिक स्थिति भएका परिवार पीडित छन्। इन्भर्टरहरूमा चार्ज नपुग्दा मध्यम आय भएका घरहरूमा पनि समस्या भएको उनको भनाइ छ।

    “बिजुली नहुँदा मन पिरोलिनु एउटा समस्या हो, भएको बेला पनि भोल्टेज नहुनु महासमस्या हो,” उनी भन्छन्, “कसलाई भन्ने, को जिम्मेवार हो? विद्युत प्राधिकरणमा फोन गर्दा त्यहाँका कर्मचारी पावर नै यत्ति भएको बताउँछन्।”

    धनुषास्थित विनहीका विनोद कामत 'मेडिकल रिप्रिजेन्टेटिभ' हुन्। गत सातादेखि नै बिजुली नहुँदा फोन चार्ज गर्न नपाएको उनी बताउँछन्। बत्ती गएर आफ्नो ओछ्यानमा सुत्न पनि नपाएको उनको गुनासो छ। “पंखाबिना निन्द्रै आउँदैन। बत्ती नभएपछि मच्छरले टोके पनि छतमा गएर सुतेँ। बिहानसम्म लाइन आउला भन्ने लागेको थियो तर आएन,” उनी भन्छन्, “यो एक दिनको मात्र समस्या होइन। कहिले पटकपटक काटिए पनि तुरुन्तै आइहाल्छ। कहिले त ठेगानै हुँदैन। अघोषित लोडसेडिङ जस्तै छ।” 

    मधेशभरि नै बिजुलीको अनियमित कटौती
    बिजुली पटकपटक काटिने समस्या जनकपुरधाममा मात्रै नभएर मधेश प्रदेशभरि नै छ। धनुषाका छिमेकी जिल्ला सिरहा र महोत्तरीमा पनि बिजुली काटिने समस्याले स्थानीय हैरान छन्। सर्लाहीस्थित मलंगवाको कैमुन हुसैनका अनुसार मलंगवामा एक घन्टामा १० पटकसम्म बिजुली आउनेजाने गर्छ।

    अनावश्यक रूपमा बिजुली काटेको भन्दै गत साता महोत्तरीको बर्दिबासका स्थानीयले एक घन्टा राजमार्ग अवरूद्ध गरेका थिए। पछि प्रहरी प्रशासनले प्राधिकरणसँग समन्वयकारी भूमिका खेलेर उपरान्त बिजुली नकाट्न निर्देशन दिने सहमतिपछि बाटो खुलाइएको थियो।

    “छिनछिनमा बत्ती जाने समस्याले हामी पीडित छौँ। यति गर्मी छ। एक घन्टामै १० देखि १५ पटक बत्ती गएपछि हामीले बाध्य भएर आन्दोलन गरेका थियौँ,” स्थानीय निरज अधिकारी भन्छन्, “एक-दुई दिनदेखि यहाँ ठिक छ। पहिलाजस्तो बत्ती काटिएको छैन।

    सिरहामा पनि पटकपटक बिजुली जाने गर्दा मोटरले पानी तानेर खेतमा लगाउन नपाएको लहानका किसान राजेश महतो बताउँछन्। “प्राधिकरणमा पनि कति फोन गर्ने? फोन उठ्दै उठ्दैन। उठे पनि केही न केही बहाना बताइदिन्छन्,” उनी भन्छन्, “कहिलेकाहीँ यो कस्तो देशमा जन्मेको जस्ता लाग्छ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij