२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित

टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित

टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित

टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित

टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।

    सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।

    विधेयकमा सन्दर्भमा देखिएका विवादहरूलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति जुटाएका थिए । विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो । बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रूपमा नै पारित भएको घोषणा गरिन् ।

    समितिबाट पारित भएको विधेयकलाई संसदको अर्को बैठकमा पेश गर्ने गरी पत्राचार गर्ने उनले सुनाइन् ।

    त्यस्तै बैठकमा कानूनमन्त्री अजयकुमार चौरसियाले मानवअधिकारको उलंघनमा पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगाएतका विभिन्न सवालमा दलहरूबीचको सहमति महत्वपूर्ण रहेको बताइन् । विधेयक पीडितमैत्री भएकाले न्याय दिने उनको विश्वास थियो ।

    त्यस्तै समिति सदस्यहरूले संक्रमणकालीन न्यायसंग सम्बन्धित विधेयकमा सहमति जुट्नु निकै महत्वपूर्ण विषय भएकाले अव कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij