सुनसरी । खानेपानीको महसुस वृद्धि भएपछी सुनसरीको धरान उपमहानगरपालिका नेतृत्व बिरुद्ध सत्तामा सहभागी दलहरु कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, प्रमुख प्रतिपक्ष माओवादी लगायतका १० दल्हरु आन्दोलनमा उत्रिएका छन । उनीहरुले बिहिबार मेयर हर्कराज राई बिरुद्द नाराबाजी गर्दै धरान उपमहानगरपालिकामा नाराजुलुस सहित धर्ना दिएका छन ।
कांग्रेस धरानका सभपती श्याम पोखरेल, एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ, माओवादीका अध्यक्ष मनोज भट्टराई, पुर्ब सम्सद जयकुमार राई लगायतको नेतृत्वमा १० दलका नेता कार्यकर्ताहरु नारा जुलुश लगाउदै उपमहानगर पालिका पुगेका थिए । उनिहरुले नालायक मेयर हर्कराज मुर्दाबाद, खानेपानीको मुल्यबृद्दी फिर्ता गर, हर्कराज राई राजिनामा दे लगायतका नारा लगाएका थिए । नेवार एकता समाज धरानका अध्यक्ष महेश श्रेष्ठले नालायक मेयर बिरुद्दको आन्दोलन शसक्त बनाउने चेतावनी दिएका छन ।
एमालेका धरान अध्यक्ष हर्कजङ एभेङले मेयर हर्क साम्पाङले खानेपानी ब्यबस्थापन बोर्डको बैठक नै नराखी खानेपानीको महसुल बृद्दी गरिएकाले आन्दोलन गर्नु परेको बताए । उनले १० दलको जायज मागलाइ मेयर राइले सम्बोधन नगरेका कारण नगरपालिका गेराउ गर्नु परेको बताए ।
हजारौको संख्यामा आएका आन्दोलनकारीहरुले नगरपालिका प्रबेश गर्न लगेपछी सशस्त्र र नेपाल प्रहरीले रोकेको थियो । १० दलको आन्दोलन शसक्त बनेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले राजनैतिक दलहरुलाइ सम्यमित भएर बार्ता र छलफल गरि समस्याको समाधान गर्न अनुरोध गरेका छन । उनले आन्दोलनले कसैलाइ पनि फाइदा नगर्ने भन्दै बार्ताद्वारा समस्याको निकास खोज्न राजनैतिक दल र धरान उपमहानगरपालिका नेतृत्व समक्ष अनुरोध गरेका छन ।
सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले धरानमा भएको आन्दोलनका बिषयमा दुबै पक्षलाइ सहमतिमा ल्याउने पहल भैरहेको बताए ।
धरान १७ का अध्यक्ष तथा उपमहानगरका प्रबक्ता मनोज भट्टराईले मेयर राइको निरकुश शैली बिरुद्द जनप्रतिनिधिहरु पनि आन्दोलनमा उत्रनु परेको बताए । मेयर राइले भने एशियाली बिकास बैंकको ऋण तिर्न खानेपानीको महजुल बढाउनु परेको बताए ।




