धरान । धरानका मेयर समेत रहेका धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षको हैसियतमा हर्क साम्पाङले खानेपानीको शुल्क वृद्धि गरेको बिसय धरानमा पेचिलो बन्दै गएको छ । बिहीवार शुल्क वृद्धिको विरोध गर्दै धरान उपमहानगरपालिका अगाडि भएको धर्ना कार्यक्रमम विद्यार्थीहरु समेत जोडिएपछि आन्दोलन पेचिलो बन्दै गएको हो ।
धरानका १० राजनीतिक दलहरुले बढाएको खानेपानीको शुल्क तत्काल फिर्ता लिन माग राखेर आन्दोलन छेडेका थिए । आन्दोलनकै क्रममा बिहीवार सुरक्षाकर्मीले विद्यार्थीहरु लाठीचार्ज गरेपछि स्थिती थप पेचिलो बनेको हो । महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थी नेता बिनोद आले मगरका अनुसार आन्दोलनको क्रममा दुई विद्यार्थी घाइते भएका छन् ।
'आन्दोलनमा रहेका हाम्रा साथीहरु कुटिएका छन । दुई जना साथीहरु घाइते हुनु भएको छ' आलेले शिलापत्रसङ भने 'खानेपानीको शुल्क फिर्ता लिने मुद्दा सहित साथीहरु माथी भएको आक्रमण विरुद्ध हामि अहिले धर्नामा छौ।'
बिहीवार धरान उपमहानगरपालिकाको गेट अगाडि १० राजनितीक दलहरुले आव्हान गरेको आन्दोलनमा प्रहरी हस्तक्षेप गरेको थियो । हस्तक्षेपपछि घाइते भएका विद्यार्थीहरुको उपचार सहितको बिसयमा विद्यार्थीहरु आन्दोलन गरीरहेका छन् ।




