२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रामग्रामबाट लागुओैषधसहित चार जना युवक पक्राउ

रामग्रामबाट लागुओैषधसहित चार जना युवक पक्राउ

रामग्रामबाट लागुओैषधसहित चार जना युवक पक्राउ

रामग्रामबाट लागुओैषधसहित चार जना युवक पक्राउ

रामग्रामबाट लागुओैषधसहित चार जना युवक पक्राउ
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • परासी ।नवलपरासी प्रहरीले लागुओैषध सहित चार जनालाई पक्राउ गरेकाे छ ।प्रहरीले रामग्राम नगरपालिकाकाे वडा २ कालिकाटाेलबाट उनिहरू लागुओैषधी सहित पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा  रामग्राम नगरपालिका वडा नं.२ बस्ने २६ वर्षिय   मोहम्मद सरिफ कुरेशी ,सुनवल नगरपालिका वडा नं.१२ बस्ने २४ वर्षिय संदिप परियार  ,रूपन्देही देवदह नगरपालिका वडा नं.०७ बस्ने १९वर्षिय को राजन वि.क.,रूपन्देही रोहिणी गाउँपालिका वडा नं.०६ बस्ने   ३९बर्षिय  ईरशाद मियालाई नियन्त्रणमा लिएकाे  जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बाेहराले जानकारी दिए ।

    उनकाे अनुसार रामग्राम नगरपालिका वडा नं. ०२ कालिकाटोल स्थित रहेको मोहम्मद सरिफ कुरेशीको घरमा अवैध रूपमा लागु औषध खरिद तथा विक्री वितरण गरेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले सो घरको खानतलासी लिने क्रममा दोस्रो तल्लाको पुर्व तर्फको कोठामा  मानिसहरू लागु औषध सेवन गरी लठ्ठीएको अवस्थामा फेला परेका   बाेहराले बताए । 

    उनिहरूकाे साथबाट. डाईजेपाम २८ एम्पुल  फेनारगन २८  एम्पुल बुप्रिनुर्फिन २७ एम्पुल   प्रयोग भएको सिरिन्ज थान १  बरामद  गरिएकाे बताए ।

    लागू औषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासिबाट दिन ५ (पाँच ) म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

    दण्ड सजाय : लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `झ´ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्ष देखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि बीस लाख रुपैयाँसम्म जरिवाना हुने प्रहरीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij