दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहित ९ जना मन्त्रि काठमाण्डौं केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरु संग छलफल गर्ने कार्यक्रम तय भएपछी मुख्यमन्त्री चेतनारायण आचार्य सहित सबै मन्त्रि काठमाण्डौं पुगिसकेका छन् ।
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश प्रदेशका मुख्यमन्त्री र मन्त्रिहरुसंग छलफल राखेको सहरी विकास तथा खानेपानी मन्त्रि सरोज थापा(रोज)ले बताए ।‘प्रधानमन्त्री ज्यूले छलफल गर्ने भनेपछी हामी सबै मन्त्री काठमाण्डौंमा छौं’उनले भने,‘संघीयता कार्यान्वयन र विकासलाई गति दिने बिषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरु राख्ने कार्यक्रम तय भएको बुझेका छौं ।’
मुख्यमन्त्री आचार्य र आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की २२ गतेनै काठमाण्डौं पुगिसकेका थिए । उनिहरुले त्यहाँ राजनीतिक भेटघाट पनि गरे । प्रधानमन्त्रीले बाँकी मन्त्रीहरुलाई पनि बोलाएर छलफल गर्ने भनेपछी अन्य मन्त्रिहरु पनि काठमाण्डौं पुगिसकेका छन् ।
प्रदेशको समिक्षा बैठकमा व्यस्त केही मन्त्रि पनि काठमाण्डौं पुगेको पाइएको छ । वन तथा वातावारण मन्त्री बादशाह कुर्मीले आफु काठमाण्डौं पुगिसकेको बताए । बुधवार र बिहिवार वन मन्त्रालयको समिक्षा कार्यक्रम लमहीमा थियो ।
त्यो कार्यक्रमको बसाई छोट्याएर कुर्मी काठमाण्डौं पुगेका हुन । लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री सहित पाँच र कांग्रेसका चार जना मन्त्रि छन् ।




