२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आज सबै प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने, यस्तो रहनेछ तीन दिनको मौसम

आज सबै प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने, यस्तो रहनेछ तीन दिनको मौसम

आज सबै प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने, यस्तो रहनेछ तीन दिनको मौसम

आज सबै प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने, यस्तो रहनेछ तीन दिनको मौसम

आज सबै प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने, यस्तो रहनेछ तीन दिनको मौसम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • बुटवल ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । अहिले देशभर बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर बदली रही देशका सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । सबै प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

    आज राति देशभर बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनेछ ।

    आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । सबै प्रदेशका  एक/दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    शनिबार देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, मधेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

    त्यस्तै आइतबार देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij