बुटवल । आकस्मीक दुर्घटना या अन्य बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले पश्चिमाञ्चल यातायात (ट्रक) व्यावसायी समितिसंग उपचार सहजता सम्झौता गरेको छ ।
भर्खरै मात्र आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुरु गरेको बुटवल हस्पिटल प्रा लिले ट्रक व्यावसायी समितिसंगै सम्झौता गरेसंगै समितिमा आवद्ध यातायात व्यवासायीहरुले दुर्घटना या कुनै घटनामा हुने विरामीको उपचार गराउने भएका छन् ।
त्यसैरी उपचार गर्न जाने विरामीहरुका लागि लाग्ने शुल्कमा हस्पिटलले विभिन्न उपचारमा छुट सुविधा उपलब्धता गराउने भएको छ ।
सम्झौता पछि ट्रक समितिको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । संस्थागत सिफारिसमा आउने समितिमा आवद्ध व्यवसायीहरु, कर्मचारी तथा उनका परिवारका सदस्यहरुका लागि अस्पतालले विशेष छुट सहित उपचार गर्ने गरि लिखित सम्झौता गरेको हो ।
सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्णले हस्ताक्षर गर्नु भएको छ भने ट्रक व्यवसायी समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, सचिव बसन्त खड्का र मुख्य साहायक हिक्मत आचार्यले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा बुटवल हस्पिटल प्रा. लि.का उपाध्यक्ष खरेलले बुटवल हस्पिटल सरल सहज सुविधा सम्पन्न अस्पताल बनेको बताउदै अबका दिनमा यहांका बिरामीहरु उपचारका लागि भारतिय शहरहरुमा जानु पर्ने अवस्थामा कमि ल्याउने उदेश्य रहेको बताए ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै ट्रक समितिका बरिष्ठ उपाध्यक्ष कमल घिमिरेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पढाउन नपर्ने बताए ।
उनले भने –बुटवलमा पहिलो पटक अस्पताल बनेकोछ, अब यहांका बिरामीलाई महंगो शुल्क तिरेर काठमाडौं या भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयागोग गरेर बचाउनु पर्दछ ।बुटवल हस्पिटलसंग समितिको उपचार सम्झौता संगै सो समिमिा आवद्ध व्यवसायीहरुका लागि पनि सहज हुने समितिका सचिव बसन्त खड्काले बताए ।
सम्झौता भएसंगै अब पश्चिमाञ्चल याताया व्यवसायी समितिका ढुवानीका साधनहरुसंग सम्वन्धी दुर्घटना हुदांका बिरामीहरुकासाथै, कर्मचारी मजदुर व्यवसायी र उनिहरुको परिवारको उपचार बुटवलह स्पिटलमा विशेष छुट सहित हुने छ ।




