बुटवल । गायक नारायण वीपी परियार र गायिका विष्णु श्रीपालीले नयाँ तीज भाका ‘हाई मेरो मायालु’ बजारमा ल्याएका छन् ।
पछिल्लो समय तीज गीत झड्किलो र मौलिकता नै मासिने खालको आएका भन्दै आलोचना भैरहेका बेला मौलिक संस्कृति संरक्षण गर्दै दर्शक र श्रोतालाई फरक मनोरन्जन दिने गरी गीत ल्याएको गायक परियारले बताए । गीत तथा म्युजिक भिडियोको शुक्रबार एक समारोहका बीच विमोचन गरिएको हो ।
शिव हमालको लय तथा शब्दमा रहेका गीतले दर्शक श्रोताको माया पाउने गायक परियारले विश्वास व्यक्त गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष गायक दिपु मगरले गीतको म्युजिक भिडियो विमोचन गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
गीतमा शिव खनाल, कल्पना परियार र सोनी सुनारले स्वरमा साथ दिएका छन् । स्मृती मिमिल्सिनाको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको म्युजिक भिडियोमा कलाकार रायन बस्याल र सोनी सुनारको अभिनय रहेको छ । नविन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् । म्युजिक भिडियो गायिका विष्णु श्रीपालीको यूटुव च्यानलमा हेर्न तथा सुन्न सकिने गायिका श्रीपालीले बताइन् ।




