परासी । पश्चिम नवलपरासीमा आटोरेक्सा तथा सर्वजनिक सवारी भाडाका सवारीसानधको अनुगमन गरिएको छ । जिल्लामा आटो रेक्सा तथा सर्वजनिक सवारी भाडाका सवारी साधनको जनगुनासो आएपछि यस पनि बिशेष तिन पाडग्रे आटो रेक्साको समस्या देखिएको भन्दै यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा अधिकास अटो रेक्सा सवारी धनिले सवारी अनुमतित्र नलिएको पाईएको यातायाता व्यवस्था सेवा कार्यालय परासीका प्रमुख मुक्ति प्रसाद पाण्डेयले बताए ।
अटो रेक्सा सवारी धनीले आवश्यक कागजपत्र दुरुस्त नराखेको पाईएको सवारीको नविकरण नगरी सवारी संचालन गरिहेको पाईएको पाण्डेयले जानकारी दिए । अटोरेक्सा सवारीधनीले तेश्रो पक्ष बिमा नगरेको पाईएको र सवारी जाँचपास नलिई संचालन गरेको पाईएको कार्यालय प्रमुख पाण्डेयले बताए ।अनुमतिपत्र नलिएको सावरीसाधन नविकारण नगरेको र तेश्रो पक्ष बिमा नगराएका सवारीधनीलाई यी सबै कागजपत्र तुदरुत गरी समयमा कर बुझाउ जाँच पास लिई मात्र अटोरेक्सा संचालन गर्न निर्देशन दिईएको कार्यालय प्रमुख पाण्डेयले बताए ।
पाल्हीनन्दन गाउँपालिका ,बर्दघाट नगरपालिका र सुनवल नगरपालिका अटोरेक्सा र सर्वजनिक सवारी भाडाका सवारी चालकहरुलाई प्रशिक्षण पनि दिएको पाण्डेयले बताए ।
उनले भने यातायात व्यवस्था सेवा कार्यालय परासीले अब अनुगमनलाई निरन्तारता दिने महिना एक पटक अनुगमन नभई तीन महिनामा एक पटक सवारीसधानलाई अनुगमन गर्ने बताए । अनुगमन गरेको फेरी अनुगमन जादा समस्या उस्तै रहेको छ भने सवारी चालक र सर्बपछिया भेला गरेर समस्याको साधान गर्ने बताए ।
कानूनमा तीन पडग्रे सवारी साधनको लागी तोक्ने परमीट स्थानिय सरकारलाई अधिकार दिएकोले पालिकाहरुले निती बनाई परमिट लागु गरेअटोरेक्सा समस्या सामाधान हुने पाण्डेयको भनाई छ ।
आटो रेक्सा तथा सर्वजनिक सवारी भाडाका सवारीसानधको अनुगमन जिल्लाको बर्दघाट नगरपालिका, सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा गरिएको थियो ।
अनुगमनमा यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका प्रमुख मुक्तिप्रासद पाण्डेय,घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम पौडेल,जिल्ला प्रशासन कार्यालय नवलपरासीका दयराम चौधरी,जिल्ला प्रहरी कार्यालय नवलपरासीका सई महेश कुवँर जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधी उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल सञ्चरकर्मीहरुको सहभागिता रहेको थियो ।




