२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुस्ता गाउँपालिकाको बार्षिक प्रगति बिवरण सार्वजनिक

सुस्ता गाउँपालिकाको बार्षिक प्रगति बिवरण सार्वजनिक

सुस्ता गाउँपालिकाको बार्षिक प्रगति बिवरण सार्वजनिक

सुस्ता गाउँपालिकाको बार्षिक प्रगति बिवरण सार्वजनिक

सुस्ता गाउँपालिकाको बार्षिक प्रगति बिवरण सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • परासी । सुस्ता गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को प्रगति बिवरण सार्वजनिक गरेको छ ।बिहिवार बार्षिक समिक्षा कार्यक्रम मार्फत गत बर्षको कार्यसम्पादन बिवरण सार्वजनिक गरिएको हो ।


    प्रत्येक वडाबाट सम्पादन भएका कार्य बिवरणहरु वडा सचिवहरूले सार्बजनिक गरेका थिए भने पालिकाका शाखा प्रमुखहरुले  शाखागत रुपमा भएका कार्यसम्पादनको प्रगती प्रतिबेदन सार्वजनिक गरेका थिए।


    आ ब ८०/८१ मा ४९ करोड ७६ लाख २७ हजार ४ सय ३३ रुपैयाँ बिनियोजन भएकोमा पुजीगत तर्फ ८७.१५,चालू तर्फ ७९.९३ प्रतिशत रहेको छ भने  कुल बजेटको को ८२.९१ प्रतिशत वित्तीय प्रगति हासिल भएको गाउँपालिकाले जनाएको छ ।त्यसैगरी आन्तरिक आम्दानी तर्फ ४ करोड ३५ लाख राजश्व संकलन भएको छ ।

     

    गाउँपालिकाले शिक्षा,स्वास्थ्य,कृषी,भौतिक पुर्वाधार,सडक सन्जाल बिस्तारमा हासिल गरेका उपलब्धिहरुला बारेमा जानकारी गराएको छ ।गाउँपालिकाका अनुसार

    गत आवमा ५.३ किलो मिटर कालोपत्र गरिएको,पिसिसी सडक २.८ किमि र ४.१ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

    अध्यक्ष नमुना सडक निर्माणका लागी ८२ लाख ४४ हजार ५ सय ५६ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए


    गत बर्ष कृषि बिधुतिकरण अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा कृषकलाई मोटर बितरण ,नाला निर्माण,कृषि सडक बिस्तार,कल्भर्ट निर्माण,मठमन्दिर निर्माण लगायत सबै वडामा गरी१ सय ३ वटा बोरिङ जडान गरिएको गाउँपालिकाले जनाएको छ ।


    आर्थिक बर्ष ०८१/८२ का लागि ६४ लाख ९९ हजार बजेट बिनियोजन भएको छ ।सिमित श्रोत र साधनका बाबजुत जनताका आवश्यकताका आधारमा योजनाहरुको प्राथमिकरण गरिएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।राज्श्व छली नदिजन्य पदार्थको दोहन नियन्त्रण गरि आन्तरिक राजश्व वृद्धि गर्न पालिका सफल भएको उपाध्यायले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij