२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

क्याननमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

क्याननमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

क्याननमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

क्याननमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

क्याननमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिका ८, सुख्खानगरमा रहेको क्यानन मा. वि.ले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत शुक्रबारीय कार्यक्रममा गरिएको बिद्यालयका प्राचार्य शंकर भण्डारीले जानकारी दिए।

    विभिन्न तहमा गरेको कार्यक्रममा प्ले ग्राउन्ड देखि १ कक्षा सम्म कक्षागत रुपमा प्रथम, द्धितिय र तृतिय चयन गरिएको थियो ।


    कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरुलाई तिन तहमा विभाजन गरिएको उक्त कार्यक्रममा कक्षा २ र ३ बाट दिपेन्द्र ज्ञवाली प्रथम, सयना राना द्धितिय र आदित्य पान्डे, तृतिय भएको अतिरिक्त कियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिए।

    उनका अनुसार कक्षा ४ देखी ६ सम्मको समुह तर्फ आयदिन गौतम प्रथम, प्रकृति परियार द्धितिय र अंकित गैरे तृत्तिय भएका थिए । यसैगरी मा. वि. तहमा अपेक्षा बि. क. प्रथम, आर्यन परियार द्धितिय र नवकृति डुम्रे तृतिय भएका थिए ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य भण्डारीले वक्तृत्वकला शिपबारे प्रशिक्षण गरेका थिए । उनले यस्ता अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीको मनोबल बढाउने जिकिर गरे ।

    अतिरिक्त कियाकलाप प्रमुख मिनराज गिरीको अध्यक्षता र प्राचार्य शंकर भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम हिरा पाण्डे, शिला सापकोटा र अमृत बस्यालको संयोजकत्वमा भएको थियो भने निर्णायकको भुमिकामा मुक्ति प्रसाद अधिकारी, रितु थापा र गिता राना रहेका थिए। यस्तैगरी कार्यक्रमको संचालन कक्षा ८ का छात्र राजेन्द्र खड्‌काले गरेका थिए ।

    कार्यक्रममा बरिष्ठ शिक्षक बेदनिधी घिमिरे, मा. वि. संयोजक सुरेश घिमिरे, नि. मा. वि. संयोजक विजय पराजुली, प्रा. वि संयोजक पुष्पा के.सी. र प्रि. प्राइमरी संयोजक सैलजा के.सी.लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij