२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविरमा ११२ जनाले लिए सेवा

लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविरमा ११२ जनाले लिए सेवा

लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविरमा ११२ जनाले लिए सेवा

लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविरमा ११२ जनाले लिए सेवा

लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविरमा ११२ जनाले लिए सेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • बुटवल । लायन्स क्लब अफ बुटवल शुभारम्भले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। 

    रुपन्देहीको तिलोत्तमा १४ खरियास्थित शिव मन्दिरमा आयोजना गरिएको स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रममा ११२ जनाले सेवा लिएका छन्। 

    नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट र लायन्स क्लब अफ शुभारम्भको सहकार्य तथा लायन्स क्लब अफ समर्पणको सहयोगमा आयोजित कार्यक्रममा तिलोत्तमा १४का अध्यक्ष अश्विन पौडेलले क्लबहरूले सामाजिक क्षेत्रमा लगानी गर्नु उपर्युक्त हुने भन्दै गाउँ गाउँ पुगेर गरिने सामाजिक कार्यले जनतालाई फाइदा पुग्ने बताए। 

    कार्यक्रममा रिजन चेयर पर्सन कुमार तामाङले आधारभूत आवश्यकता भित्रको स्वास्थ्य शिविर आयोजना हुनु सुखद भएको उल्लेख गरे। 

    लायन्स क्लब अफ बुटवल शुभारम्भका अध्यक्ष प्रा डा महेशराज घिमिरेको अध्यक्षतामा कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले आफ्नो कार्यकालको पहिलो कार्यक्रम स्वास्थ्य शिविर सञ्चालन गरेको बताए।

    उनले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वका कामहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ कार्यसमिति सबै मिलेर सचेतना जगाउने, समुदायका मानिसहरूलाई सशक्त बनाउने र अन्ततः नेपालीको जीवन रक्षा गर्ने दिशामा प्रयासरत रहेको उल्लेख गरे।

    शिविरमा करिब १ सय जना सेवाग्राहीहरु ६० वर्षमाथिको जेष्ठनागरिक रहेको गोकर्ण गौतमले जानकारी दिए। शिविरमा  स्ट्रोक सचेतना प्रदान गर्नुका साथै मधुमेह जाँच र आधारभूत स्वास्थ्य परीक्षण गरिएको थियो ।

     
    क्लबको वर्ष २०२४/२५ को लागि गत जुलाई १५ मा प्रा डा महेशराज घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो। 

    समितिको उपाध्यक्ष डा. जयराज शर्मा ,सचिव आशिष पोखरेल र कोषाध्यक्षमा नवीन कुमार अग्रवाल चयन भएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij