२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको रक्तदान ५० युनिट रगत संकलन

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको रक्तदान ५० युनिट रगत संकलन

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको रक्तदान ५० युनिट रगत संकलन

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको रक्तदान ५० युनिट रगत संकलन

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको रक्तदान ५० युनिट रगत संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • बुटवल । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाज र नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम स्थापना दिवसकाे अवसर पारेर बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

    कार्यक्रमको एक समारोहका बिच नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्ण खरेलले उद्घाटन गरेका हुन्।

    साे अवसरमा बाेल्दै डा. खरेलले रगत अभाव के हो भन्ने आफुलाई राम्रो अनुभव भएको बताए । ‘मेरो परिवारमा परेको पिडाले मलाई अहिले पनि झकझकाउछ ।’— उनले भने । काठमाण्डौमा उपचारका क्रममा बुबालाई एक जना विदेशी रक्तदाताको सहयोगमा उपचार गरेको उनले स्मरण गरे ।

    यही कुराको प्रेरणा मिलेर आफु अध्ययनको क्रममा बंगलादेशमा रेयर ब्लड ग्रुप समूह गठन गरेर रक्तदान गरेको उनले बताए । रगतको आयु ९० दिन हुने हुदा पनि एउटा स्वास्थ्य मानिसले यो अवधिमा रगत दिन सक्ने भन्दै उनले पछिल्लोसमय चिकित्सक पेशामा सुरक्षाभन्दा पनि सुपर सुरक्षाको अप्नाउनुपर्ने स्थिती आएको दुखेसो गरे ।

    नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको अध्यक्ष कृष्ण चौहान क्षेत्रीले ११ वर्ष ५ महिनादेखि निरन्तर शनिबार रक्तदान अभियान चलाएको बताए । 


    रुपन्देहीमा रक्तदाताहरुको संख्या थपिदै जादा रक्तदानको अभाव समेत थपिदै गएको बताए । रगतको खपत बढ्दा माग बढेको छ । यसलाई कम गर्न सरोकारवाला निकायबाट ब्यवस्थापन हुन जरुरी रहेको उनले बताए । पछिल्लोसमय उच्च रक्तचाप र मधुमेहको बिरामीहरु समेत रक्तदान गर्न मिल्ने वरिष्ठ चिकित्सकहरुको भनाई बाहिरिदा ब्लड ब्यवस्थापनमा लागेको ब्लड बैक भने यो स्वीकार नगर्दा समस्या देखिएको उनले बताए ।

    पछिल्लोसमय उच्च रक्तचाप र मधुमेहको बिरामीहरु समेत रक्तदान गर्न मिल्ने वरिष्ठ चिकित्सकहरुको भनाई बाहिरिदा ब्लड ब्यवस्थापनमा लागेको ब्लड बैक भने यो स्वीकार नगर्दा समस्या देखिएको उनले बताए । विद्यालय स्तरका समूह अन्य क्षेत्रमा लागेपनि रक्तदानमा नआउने गरेको उनले दुखेसो गरे । दैनिक १२० युनिट माग हुँदै आएको उनले बताए । रक्तदान गर्दा निरोगी रहेको प्रमाणपत्र समेत हुने उनले बताए ।

    कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति कृष्ण प्रसाद भट्टराईले रक्तदान बढ्दा पनि रगतको अभाव देखिनु गम्भीर अवस्था सृजना भएको भन्दै यसको छिटो बिकल्प खोजिनुपर्ने सुझाव दिए ।

    कार्यक्रममा ढाकावाङ–रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद खनाल, संयोजक जानकी नेपाल, सचिव अर्जुन पौडेलले समाजमा अझै पनि रक्तदानको महत्व बुझाउने गरि अभियान चलाउनुपर्ने अवस्था देखिएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij