२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेका लुम्बिनी प्रदेश अध्यक्षमा गौडेल, सचिबमा पोख्रेल

नेका लुम्बिनी प्रदेश अध्यक्षमा गौडेल, सचिबमा पोख्रेल

नेका लुम्बिनी प्रदेश अध्यक्षमा गौडेल, सचिबमा पोख्रेल

नेका लुम्बिनी प्रदेश अध्यक्षमा गौडेल, सचिबमा पोख्रेल

नेका लुम्बिनी प्रदेश अध्यक्षमा गौडेल, सचिबमा पोख्रेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • लुम्बिनी प्रदेशका शैक्षिक परामर्शदाताहरुका भेलाले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन गरेको छ । शनिबार रुपन्देहीमा सम्पन्न परामर्शदाताहरुको भेलाबाट गणेश गौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन भएको हो ।

    जसको उपाध्यक्ष सुशील पाण्डे, सचिव नारायण पोख्रेल, सह–सचिब आषिका पोख्रेल, कोषाध्यक्ष सन्तोष पाण्डे, सदस्यहरुमा आयुष सापकोटा, धिरज ज्ञवाली, दुर्गा प्रसाद पन्थी, बिकास पन्थी, अनिष बिक्रम सेञ्चुरी, माधव बञ्जाडे, सुनिल चौधरी, योगेश ढकाल रहेका छन ।

    कार्यक्रममा नवनिर्वाचित प्रदेशका अध्यक्ष गणेश गौडेलले परामर्शदाताहरुलाई एकतावद्घ गर्दै संस्थागत रुपमा ब्यवस्थित गर्दै अघि बढ्ने प्रतिवद्घता जनाए । केहि परामर्शदाताका कारण समग्र पेशा ब्यवसायमा आएको चुनौतीलाई चिर्ने गरि काम गर्ने उनले बताए ।


    कार्यक्रमको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको उप—सचिव दिवाकर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै संस्थागत एकता र अधिकारी प्राप्तीमा लाग्न सुझाव दिए ।

    कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष सुर्य पोखरेलले विशुद्घ परामर्शदाताहरुको हकहितमा काम गर्ने संस्थाको रुपमा पहिचान बनाएको दाबी गरे । सदस्यहरुलाई नियमित तालिम र अभिमुखिकरणलाई जोड दिदै सहि परामर्श दिन प्रोत्साहन गर्दै आएको उनले बताए । संस्था विगतबाट नै सरकार र सरोकारवाला निकायसंग सहकार्य गर्ने हुदा पनि सधै विश्वसनिय काम गर्ने उनले बताए ।

    कार्यक्रममा नेका केन्द्रिय अध्यक्ष सन्तोष प्याकुरेल, केन्द्रिय महासचिव दिपक कोईराला, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत विष्णुप्रसाद भुषाल, पुर्व क्रिकेटर शक्ति गौचन, नारायण पौडेल, बिकास भण्डारी , स्वागत मन्तव्य नारायण पोख्रेल लगायतले राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij