२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाको चौथो शाखा अधिवेशनबाट अध्यक्षमा सन्तोष बन्जाडे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी उम्मेद्वार गोमा भट्टराई १ मतले पराजित गर्दै उनी बिजयी भएको पूर्व अध्यक्ष एवं निर्वाचन अधकिृत पारस मरासिनीले जानकारी दिए । 


    शनिबार भएको अधिवेशनमा अध्यक्षमा मात्रै सर्वसम्मत नभएपछि अध्यक्ष पदमा निर्वाचन गराईएको थियो । राती २ बजेतिर मात्रै नतिजा सार्वजनिक भएको पूर्वअध्यक्ष मरासिनीले जानकारी दिए । 


    उनका अनुसार अन्य पदाधिकारी तथा सदस्यहरु भने सर्वसम्मत चयन भएका छन् । प्रथम उपाध्यक्षमा सन्तोष के.सी., द्वितीय उपाध्यक्षमा गौरव खनाल, सचिवमा मनिष खनाल, सहसचिवहरुमा रुद्र खनाल र  प्रतिमा न्यौपाने तथा कोषाध्यक्षमा नरेश न्यौपाने र सहकोषाध्यक्ष  बिकास पौडेल सर्वसम्मत चयन भएका छन् । 


    यस्तै सदस्यहरुमा रमेश काफ्ले, अनिषा खड्का, कल्पना थापा, अस्मिता अधिकारी र सन्तोष  सुनार चयन भएका छन् ।  
    अधिवेशनको उद्धाटन सत्र बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा भएको  थिाये भने कार्यक्रमको प्रमुख अतिथि कार्यक्रममा बरिष्ठ पत्रकार एवं हिमालय टेलिभिजनका समाचार प्रमुख तथा चर्चित कार्यक्रम यक्ष प्रश्नका सञ्चालक राजेन्द्र बानिया रहेका थिए । 

    454342960_1100276538127675_4375219617797469845_n.jpg

    कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार बानियाले युवाहरुको सामाजिक कार्यप्रतिको रुचिको प्रसंसा गर्दै आफुलाई बुटवल बोलाएकोमा धन्यवाद ब्यक्त गरे । उनले नेपालमा रहेका युवाहरुलाई स्वदेशमानै राख्नेगरि युवास्तरबाट नै पहल हुन आवश्यक रहेकोमा जोड दिएका थिए । 


    कार्यक्रममा संस्थाका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु लगायतले बोलेका थिए भने बिभिन्न क्षेत्रबाट समाजमा योगदान गर्दै आईरहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो । अधिवेशनको अवसरमा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पेस गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij