२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कञ्चनमा टोल टोलमा पुगेर ३५ सय बढि सामाजिक सुरक्षा भत्ता नवीकरण गरियाे

कञ्चनमा टोल टोलमा पुगेर ३५ सय बढि सामाजिक सुरक्षा भत्ता नवीकरण गरियाे

कञ्चनमा टोल टोलमा पुगेर ३५ सय बढि सामाजिक सुरक्षा भत्ता नवीकरण गरियाे

कञ्चनमा टोल टोलमा पुगेर ३५ सय बढि सामाजिक सुरक्षा भत्ता नवीकरण गरियाे

कञ्चनमा टोल टोलमा पुगेर  ३५ सय बढि सामाजिक सुरक्षा भत्ता नवीकरण गरियाे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले घुम्ती शिविर मार्फत टोल टोलमा गई सामाजिक सुरक्षा भत्ता लाभग्राहीको परिचय पत्र नवीकरण गरेको छ । 


    एक महिनाको अवधिमा संचालन भएको घुम्ती शिविरमा कञ्चन गाउँपालिकाका ३ हजार ५  सय ४७ जनाको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण भएको पालिकाले जनाएको छ । 


    आव २०८०/८१ को चौथो किस्ता बुझने लाभग्राही ४ हजार ५ सय ३४ रहेका थिए । पालिकाले संचालन गरेको घुम्ती शिविरबाट ७८.२३ प्रतिशत लाभग्राहीहरुको नवीकरण कार्य सम्पन्न भएको कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिए । 


    पोख्रेलका अनुसार दलित बालबालिका २६९ जना, अति अशक्त अपाङ्ग ११७ जना, पुणर् अपाङ्ग ४२ जनाले परिचय पत्र नविकरण गराएका हुन। यस्तै जेष्ठ नागरिक एकल महिला ३०९ जना , जेष्ठ नागरिक दलित २८८ जना, विधवा महिला ५९५ जना, जेष्ठ नागरिक अन्य १९२७ जनाले घुम्ती शिविर मार्फत नवीकरण गराएका छन् । 


    त्यस्तै वडागत रुपमा वडाका बिभिन्न टोलहरुमा संचालन गरिएको शिविरबाट वडा नं १ मा ६४४ जना, वडा नं. २ मा ५८९ जना, वडा नं. ३ मा ८३१ जना, वडा नं. ४ मा ९२३ जना र वडा नं. ५ मा ५६० जनाले लाभग्राही परिचय पत्र नवीकरण गरेका हुन।
    सरकारले लाभग्राही परिचय पत्र नविकरणका लागि यस आर्थिक बर्षबाट राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक प्रणाली अनिवार्य गरेपछि २९३ जनाको राष्ट्रिय परिचयपत्र नभए पछि लाभग्राहीले स्वघोषणा गरी नवीकरण गरिएको वडा नं. १ का वडा सचिव मधुकला घर्तिले जानकारी दिए । 


    सरकारले ९० बर्ष माथी र दलित बालबालिकालाई राष्ट्रिय परिचयपत्र नभए पनि नवीकरण गर्ने गरि सर्कुलर गरेको थियो । शिविरमा छुटेका लाभग्राहीले भाद्र मसान्त भित्र वडा कार्यालयमा गई आफ्ने सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न सक्ने सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाई प्रमुख पोख्रेलले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij