दाङ-दाङमा प्रहरीले भरुवा बन्दुक सहित तीन जनालाई पक्राउ गरेकाे छ । तुलसीपुर उपमहानगरपालिका-४ ठुलाखाली गाउँबाट तीन जनालाई भरुवा बन्दुक सहित शनिबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्ष रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका-४ सुनवलपुर बस्ने बर्ष ३६ को टंक थापा र साेही ठाउँ निवासी २९ बर्षिय युबराज गिरीलाई पक्राउ गरिएको छ । गादिबरा सामुदायिक बनमा संकास्पद रुपमा हिडिरहेकाे अवस्था भरुवा बन्दुक र त्यसमा प्रयाेग हुने २१ राउन्ड छर्रा समेत बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । यस्तै राजपुर गाउँपालिका-४ फाेहरा निवासी ईच्ढा कुमार रैदासलाई भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
शक्ति सामुदायिक वनमा भरुवा बन्दुक सहित शिकार खेल्न जाँदै गरेको अवस्थामा इलाक प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चङगुवा दाङबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हाे । इलाका प्रहरी कार्यालय गढवाले घटनाको अनुसन्धान गरिरहेकाे छ ।




