२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नष्ट गर्ने मेसिन सहित सेनिटरी प्याड विद्यालयलाई वितरण

नष्ट गर्ने मेसिन सहित सेनिटरी प्याड विद्यालयलाई वितरण

नष्ट गर्ने मेसिन सहित सेनिटरी प्याड विद्यालयलाई वितरण

नष्ट गर्ने मेसिन सहित सेनिटरी प्याड विद्यालयलाई वितरण

नष्ट गर्ने मेसिन सहित सेनिटरी प्याड विद्यालयलाई वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • बासुदेव ढकाल /रामपुर ‍(पाल्पा ) । पाल्पाको रामपुर नगरपालिकाले नगरका विद्यालयहरुलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ ।

    नगरपालिका भित्रका  १८ माध्यामिक र ६ वटा आधारभूत गरी २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा नष्ट गर्ने मेसिन वितरण गरेको हो ।

    नेपाल सरकारको सशर्त अनुदान सेनिटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना विद्यार्थीहरुलाई ६/६ वटा पुग्ने गरी सेनिटरी प्याड वितरण गरेको छ ।

    मेसिन सहित सेनिटरी प्याड वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीको समयमा सहज होस भन्ने उद्देश्यले सेनिटरी प्याड वितरण गरेकोले सबै विद्यार्थीलाई आवश्यकतानुसार समान रुपमा प्रदान गर्न आग्रह गरिन ।

    उनले विगतका वर्षमा सेनिटरी प्याड वितरण गर्दै आएको र उक्त वितरण गरेको सेनिटरी प्याडको प्रयोग पश्चात व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्ष नष्ट गर्ने मेसिन समेत वितरण गरेको बताइन ।

    सशर्त अनुदान कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा माध्यमिक विद्यालयहरुलाई १/१ वटा डिस्पोजल मेसिन सहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई पनि डिस्पोजल मेसिन प्रदान गरिने रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij