२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मातापिता प्रतिष्ठानबाट जेष्ठ नागरिक सम्मान

मातापिता प्रतिष्ठानबाट जेष्ठ नागरिक सम्मान

मातापिता प्रतिष्ठानबाट जेष्ठ नागरिक सम्मान

मातापिता प्रतिष्ठानबाट जेष्ठ नागरिक सम्मान

मातापिता प्रतिष्ठानबाट जेष्ठ नागरिक सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • श्रीकृष्ण सिग्देल / स्याङ्जा । स्याङ्जाको वालिङ नगरभित्र रहेका जेष्ठ नागरिकहरुलाई मातापिता प्रतिष्ठान वालिङले सम्मान गरेको छ । जेष्ठ नागरिकको दिर्घायूको कामना गर्दै ८४ बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वालिङ नगरभित्र १४ ओटै वडाका ८४ बर्ष माथिका १४ जना जेष्ठ नागरिकलाई मातापिता प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत सम्मान गरिएको जनाएको छ । 


    गण्डकी प्रदेश सभा सांसद एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले दोसल्ला र सम्मानपत्र र नगद सहित जेष्ठ नागरिकलाई सम्मान गरेका थिए । सम्मान पछि बोल्दै सभापति अर्यालले सामाजिकरुपमा मानिस—मानिस बिच सम्मान र नैतिकता हराउदै जान थालेका बेला मातापिता प्रतिष्ठानले जेष्ठ नागरिक सम्मान गरेर उदाहरणीय काम गरेको बताए ।

    पछिल्लो समय समाजमा मानविय नैतिकता कम हुँदै गएको छ सभापति अर्यालले भने,‘मानव जिवनमा सेवा र आत्मियभाव भएन भने समाजमा विकृत्ति र विसंगतिको विकास हुन्छ ।’ प्रतिष्ठानले सिकाएको नैतिकता सबैले अनुसरण गर्नु आवश्यक छ सभापति अर्यालले भने । 

    घरमा मातापिता तथा जेष्ठ अभिभावकहरुको सेवा गरिएन भने मन्दिरमा देउता पुज्नुको कुनै औचित्य हुदैन उनले भने,‘मातापिता धर्तीका ज्यूँदा भगवान हुन्, उनीहरुको सेवा गर्नु नै धर्म हो ।’ प्रतिष्ठानले जुन उद्देश्य राखेर अगाडि बढेको छ यसमा हामी सबैको साथसहयोग रहनुपर्छ उनले भने ।  


    कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण महाराजजीले बाल संस्कार, मातापिताप्रतिको कर्तव्य लगायतका विषयमा प्रवचन दिँदै बालसंस्कार सिकाईएन भने धेरै सुधारगृहहरु खोल्नुपर्ने बाध्यता आउने सुझाव दिए । संस्कार र आध्यात्म चिन्तनको अभावले समाजमा विकृति देखा पदै जान थालेको छ उनले भने,‘संस्कृति हराउदा संस्कार हराउछ, संस्कार हराउदा मानविय नैतिकता हराउदै जान्छ ।’

    अहिलकोे शिक्षाले संस्कार र नैतिकता हराउने खालको हुँदा जेष्ठ नागरिकको सेवा, सम्मानमा जटिलता उत्पन्न भएको छ उनले भने । यस विषयमा कानुन बनाउने सांसदहरुले बेलैमा सोच्नुपर्ने सुझाव चैतन्यको थियो । यस्ता प्रतिष्ठानहरुले गाउँ—गाउँमा सचेतना जगाउने बेला आएको उनले बताए ।  


    समाजलाई नैतिकता र संंस्कार सिकाउन नै यो सस्था स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले जानकारी दिए । संस्थाले नगरभित्र रहेका सबै जेष्ठ नागरिकलाई समेट्न नसकेपनि प्रतिनिधि मुलक समेटेर सन्देश दिने काम गरेको अध्यक्ष ढुङ्गानाले बताए । अन्य संस्थाहरुले पनि समाजका अभिभावकहरुलाई सम्मान गनुपर्छ भन्ने सन्देश जाने ध्येयले यो कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले गरेको सम्मानको जेष्ठ नागरिकहरुले खुलेर प्रशंंसा गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij