२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

फैलँदो हैजा संक्रमण, ४७ जनामा पुष्टि

फैलँदो हैजा संक्रमण, ४७ जनामा पुष्टि

फैलँदो हैजा संक्रमण, ४७ जनामा पुष्टि

फैलँदो हैजा संक्रमण, ४७ जनामा पुष्टि

फैलँदो हैजा संक्रमण, ४७ जनामा पुष्टि
सांकेतिक तस्विर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न स्थानमा हैजा संक्रमण फैलँदो क्रममा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यसवर्ष ४७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

    महाशाखाका अनुसार ललितपुरमा मात्रै ३४ जनामा संक्रमण देखिएको छ । यस्तै कैलालीमा ८, प्युठान र काठमाडौंमा २–२ जना र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ । तर हालसम्म अस्पतालमा भने कोही उपचाररत छैनन् ।

    इडिसिडीका अनुसार हैजा भित्रभित्रै फैलिरहेको छ । पछिल्लो दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले भित्रभित्रै संक्रमण फैलिरहेको पुष्टि हुन्छ ।

    संक्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्याङ्करको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । इडिसिडीका अनुसार पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ ।

     

    हैजा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने बताउँछन् ।

    उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । डा. पुनका अनुसार हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । ‘फोहोर पानी वा तलाउमा हैजाको जीवाणु रहिरन्छ । वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा पुग्छ,’ डा. पुन भन्छन्, ‘खानेपानीको माध्यमबाट मानिसमा हैजा फैलिरहेको छ ।’

    झाडापखालाको कारणमध्ये हैजाको संक्रमण सबैभन्दा गम्भीर हो । हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्छ । सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार १० संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ ।

    ‘विभिन्न ठाउँमा संक्रमण देखिएकाले हैजा समुदायस्तरमा देखिसकेको पुष्टि हुन्छ । यदि सावधानी अपनाइएन भने महामहारीकै रुप लिने सम्भावना छ,’ उनी भन्छन्, ‘हैजाले कडा रुप लियो र समयमै उपचार दिन नसके मृत्युदर उच्च हुन सक्छ ।’

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसे काठमाडौं उपत्यकामा पानीको स्रोत धेरै भएकाले ढुंगेधारा, घरघरमा जोडिएको धारा, ट्यांकर, जारका पानी संक्रमणको स्रोत बनिरहेको बताउँछन् । उनका अनुसार पानीको स्रोतमा दिसामा पाइने किटाणु (इकोली तथा कोलिफर्म) भेटिइरहेका छन् ।

    ‘हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसकेमा छिटै मृत्यु हुन्छ,’ डा. चालिसे भन्छन् ।

    केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।

    डा. चालिसेका अुनसार हैजा नियन्त्रणमा सबैभन्दा महत्वपूर्ण कुरा निगरानी नै हो । केस छिटोभन्दा छिटो पत्ता लगाएर उपचार गर्नुपर्छ । हैजा नियन्त्रणमा समुदायलाई परिचालन गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनुपर्छ ।

    हैजाविरुद्ध विश्व स्वास्थ्य संगठनले तीन किसिमको खोपलाई मान्यता दिएको छ । खोप लगाएको अवस्थामा हैजाबाट बच्न सकिन्छ । खोपको उपलब्धता सरकारले चाहिएको अनुपातमा व्यवस्था गनुपर्ने डा. चालिसे बताउँछन् ।

    हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाँउडिने, वान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।

    गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् ।

    यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।

    हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजा फैलिने जोखिम बढेको भन्दै सरकारले विभिन्न माध्यममार्फत सर्वसाधारण मानिसलाई खानेपानीबारे सजग रहन आग्रह गरेको छ ।

    हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij