२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो
साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजा गर्न आएका भक्तजन । तस्वीर : रासस
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

    साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

    बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।

    पशुपतिनाथ मन्दिरमा पूजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रुका लागि बिहानैदेखि सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन,  स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्था मिलाइएको छ ।

    काठमाडौंको पशुपतिसहित, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

    चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij