बुटवल । लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपाल का प्रथम क्यबिनेट मिटिङ्ग तथा पदस्थापना कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । लामो समय देखि विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पि नेपाल २०२४/२५ को प्रथम क्यबिनेट मिटिङ्ग सामाजिक उद्धमशिलता अन्र्तगतको कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै लायन्स क्लवका इन्टरनेशनल डारेक्टर बालकृष्ण बुर्लाकोटी सामाजिक उद्यमशिलताको महाअभियानमा सबैले साथदिनुपर्ने बताएका थिए । लायन्स वादमा आवद्ध भएका सबै सदस्यहरुको मिहिनतको कारण अहिले विश्वमा लायन्स क्लव एउटा नमुना सामाजिक क्लवको रुपमा स्थापना भएको बताउँदै उनले यो सामाजिक क्षेत्रको महा अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए ।
लायन्सका सम्पूणर् क्याबिनेट अफिसर लाई सपथ ग्रहण गराउँदै उनले क्लवको अभियानमा पूणर्रुपमा साथ दिएर लाग्न जोड दिएका थिए ।
कार्यक्रममा पिआइडि जिएटी क्सीटुसनल एरिया लिडर इसामे ईन्जीनियर संजय खेतानले सामाजिक सेवा सहित अवको क्लवले उद्यमशिलतामा जोड दिनुपर्ने बताएका थिए । उनले सफलता प्राप्त गर्नको लागि दिर्घकालिन उदेश्य स्पष्ट हुनुपर्ने भन्दै यसको लागि आजैको मितिबाट सुरुवात गर्नुपर्नेमा जोड दिएका थिए । सामाजिक सेवा गर्नेलाई सदैभ सफलता प्राप्त हुने भन्दै उनले सामाजिक उत्तरदायित्व सहितको सेवामा लाग्न आग्रह गरेका थिए ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी पछिल्लो समयमा सामाजिक विकृती समेत देखा परेको भन्दै यसलाई सबै मिलेर समास्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए । आफुभन्दा मान्यजनप्रति सद्भाव, सेवा, सत्कार मा लाग्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीले सदैभ सहयोगी भावनाले काम गर्नुपर्नेमा जोड दिएका थिए ।
लिडर सिप टेनर खुस्बु वलीले डिजीटल युगमा नौलो र फरक सुबिधा सहित हाम्रो भबिस्य बारे र हामीले कसरी आफ्नो घर ,परिवार, साथीभाई , र वरिपरी तथा समाजमा कसरी सामाजिक उद्धमशिलता मार्फत समावेशिता बढाउन र हरेक सदस्यहरु सङ भयका फरक क्षमतालाई , विविध प्रतिभालाई , सानोसानो काम मार्फत र स- सानो लघु उद्धमका मार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ भन्नेबारे बारेमा कार्यक्रमका जोड दिएकीथिईन ।
लायन्स इन्टरनेशनल ३२५ पि नेपाल डिष्ट्रिक गर्भनर पुरुसोत्तमभक्त प्रधानाङ्गले हरेक सदस्यहरुलाई सामाजिक उद्धमशिलता मार्फत कसरी तपाई र समाजमा सकारात्मक प्रभाव ल्याउन सकिन्छ र आर्थिक बिकास गर्न सकिन्छ भन्ने योजना सहित नयाँ थिम अगाडी सारिएको बताएका थिए ।
उनले लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी मार्फत यो बर्ष केहि अन्तरक्रिया र तालिम, केहि सहयोग का काम लियर विभिन्न दृस्टीकोण साहित संगठनात्मक बलमा रूपान्तरण गर्न, कार्यस्थल वातावरण सिर्जना गर्न गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिएटि एरिया लिडर खगेन्द्र सिटौला, एलसिआएफ एरिया लिडर राजन लम्साल मल्टीपल काउन्सील चेयरपर्सन रमेश कुमार लामाले आ आफ्नो धाराणा राखेका थिए ।
यस्तै कार्यक्रममा मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताव राणा, डिष्ट्रिकका निर्वातमान गर्भन अर्जुनमान शैजु, फष्ट भिडिजी बालाराम भट्राई, सेकेन्ड भिडीजी सन्दीप कसौधन लगायतले आ आफ्नो भनाई राखेका थिए ।
डिष्ट्रिक ३२५ पि का १४ सय बढि सहभागिता रहेको एरिया चिफ ३ एव कार्यक्रम संयोजक शान्ती पाठक पाण्डे ले जानकारी दिईन । कार्यक्रममा पाण्डेले आफुलाई कार्यक्रम आयोजना गर्दा सहयोग गर्ने विभिन्न संघ संस्था तथा क्याविनेट अफिसरहरु र अन्यव्याक्तिरुलाई सम्मान समेत गरिकी थिईन ।
निर्वतमान सचिव. विनोद खरेलले नयाँ समितिका सचिव माधव खनालाई कार्यभार प्रदान गरेका थिए । यस्तै निर्वतमान कोषाध्यक्ष दिनेश श्रेष्ठले ले वर्तमान कोषाध्यक्ष प्रकाश श्रेष्ठलाई कोषाध्यक्षको प्रतिवेदन सहित पद हस्तानान्तरण गरेका थिए । नयाँ कोषाध्यक्ष श्रेष्ठले चालु बर्षको डिष्ट्रिकको आय-व्यय प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ क्याबीनेट अफिसरहरु, क्लव तथा क्लवका अध्यक्षहरुलाई अवार्ड प्रदान गरिएको थियो ।




