२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तानसेनमा सिद्धि गणेशको रथयात्राकाे तयारी

तानसेनमा सिद्धि गणेशको रथयात्राकाे तयारी

तानसेनमा सिद्धि गणेशको रथयात्राकाे तयारी

तानसेनमा सिद्धि गणेशको रथयात्राकाे तयारी

तानसेनमा सिद्धि गणेशको रथयात्राकाे तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • पाल्पा ।पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्राकाे तयारी सुरु भएको छ । हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने यो रथयात्रा विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् ।श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजा सहित गणेशको रथ निकाले प्रचलन रहेको छ । भगवतीको जात्रामा जस्तै युवाहरुले गणेशको रथ बोकेर नगर परिक्रमा गराउने गर्दछन । अगाडि–अगाडि भजन, बाजा र पछिपछि रथ डुलाइने प्रचलन रहेको छ । परिक्रमा गर्न हिडालिएको रथमा तानसेनवासीले पुँजा गर्नुका साथै बिभिन्न प्रसाद चढाउने प्रचलन छ ।


    नेपाली सेनाले सलामी दिएसँगै गणेशको रथ निकालिने गुठीले जनाएको छ । गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने प्रचलन रहेको उनलेे बताए । श्रेष्ठका अनुसार भगवती जात्राको प्रारम्भ भएदेखि गणेशको रथयात्रा निकाल्ने गरिएको हो ।


    गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गरेका हुन् । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेकाे उनको भनाइ छ ।

    विगत ३० वर्षदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्ने गरिएको स्थानीयले बताए । नेवारी समुदायमा जनैपूर्णिमादेखि जात्राहरु सुरु भएपनि गणेशको रथयात्रा निकालेपछि मात्र अन्य रथहरु निकाल्न बाटो खुला भएको स्थानीयकाे भनाइ छ । गणेश जात्राका दिन बाघ जात्रा पर्ने गर्दछ ।


    यहि इतिहास बाेकेकाे श्रीनगर सिद्धि विनायक गणेश जात्रा रथयात्राकाे अध्यक्षमा केदारलाल श्रेष्ठ चयन भएका छन् ।

    शनिबार बसेकाे बैठकले दुई बर्षे कार्यकालका लागि अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हाे । जस्काे उपाध्यक्षमा बसन्तमान सिमाङगैडा,सचिवमा दिपेन्द्र मान थैव,काेषाध्यक्षमा शालिकराम बस्याल,सहसचिवमा सुरज श्रेष्ठ,सदस्यहरूमा राम बहादुर थापा,सुनिता श्रेष्ठ,दिपा श्रेष्ठ,सन्तोष मान मलेगाे,राम बहादुर जिसी,धिरज श्रेष्ठ,हरिबाेल भट्टराई,सरस्वती आले चयन भएका छन् ।


    त्यस्तै स्थाई आमन्त्रित सदस्यमा मिलिजुली टाेल विकास सस्था,श्री गणेश टाेल विकास सस्था,भगवती भिमसेन टाेल विकास सस्था,शिवालय टाेल विकास सस्था रहेको छन । त्यस्तैसल्लाहकारमा तानसेन वडा न ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य,हिमाल दत्त श्रेष्ठ, दिप नारायण श्रेष्ठ,सुर्यलाल शाक्य,भुगाेल प्रसाद बैजु रहेका छन् । बैठकले याे बर्षकाे श्री ७ सिद्विविनायक गणेशकाे जात्रा खटयात्रा भव्य रूपमा मनाउने निर्णय गरेको छ । समितिले भाद्र ५ गते साझ ८ बजे जाग्राम निकाल्ने र ६ गते दिउसाे १ बजे रथलाई बजार परिक्रमा गर्ने निर्णय गरेको छ । जात्राका लागि विभिन्न उपसमिति गठन गरिएको गुठी समितिले जनाएको छ ।


    अर्थ संकलन समितिमा बसन्तमान सिमाङगैडा,सुनिता श्रेष्ठ र शालिकराम बस्याल रहेका छन भने भजन उपसमितिमा दिपेन्द्र मान थैव,मनमाेहन सिङ र सन्तोष मलेगाे चयन भएका छन् । प्रचार प्रसार उपसमितिमा सुरज श्रेष्ठ,हरिबाेल भट्टराई र राम बहादुर गाहा रहेका छन् । त्यस्तै सरसफाइ उपसमितिमा धिरज श्रेष्ठ,सरस्वती आले र राम बहादुर जिसी चयन भएकाे अध्यक्ष केदारलाल श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij