२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भारतमा बेचिन लागेकी युवती माइति नेपालकाे जिम्मा लगाइयाे, आज नै नेपाल ल्याइने

भारतमा बेचिन लागेकी युवती माइति नेपालकाे जिम्मा लगाइयाे, आज नै नेपाल ल्याइने

भारतमा बेचिन लागेकी युवती माइति नेपालकाे जिम्मा लगाइयाे, आज नै नेपाल ल्याइने

भारतमा बेचिन लागेकी युवती माइति नेपालकाे जिम्मा लगाइयाे, आज नै नेपाल ल्याइने

भारतमा बेचिन लागेकी युवती माइति नेपालकाे जिम्मा लगाइयाे, आज नै नेपाल ल्याइने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • गुल्मी । गएराती  भारतको  मुम्बईमा  कोठीमा बेचिन  लागेको अवस्थामा एक नेपाली युवती भाग्न सफल भएकी छन् । पुलिस स्टेसनबाट अखिल भारत स्वतन्त्र समाज पुनेका समाज सेवीहरूले माइती नेपालमा सम्पर्क गरी आज नै नेपाल पठाउने  तयारी गरिएको  समाजका  सदस्य राजु विश्वकर्माले जानकारी दिएको गुल्मीको हर्दिनेटा  निवासी   विष्णु  गौतमले बताए । गाैतम भारतमा बस्दै आएका छन् । 

    नेपाली दलालहरूले   विभिन्न  प्रलोभन  देखाई नेपालगन्जबाट लखनउ हुँदै  मुम्बई पुना सहरमा  पुर्‍याएर  बेच्न  लागेको  बेला आफू  भागेर  वचन  सफल  भएको  भन्दै  गए राती  दुई  बजेको  समयमा  सुर्खेतको  वीरेन्द्रनगर  नगरपालिकाकी अन्दाजी   २२ बर्षिया  ललिता  कुम्बाई (  नाम  परिवर्तन  )    पुने चिन्चड पुलिस स्टेसन बाट  नेपालीहरूको  सम्पर्क आएको   गौतमले जानकारी दिए । 

    नेपालगन्जमा आमा सँग गत पाँच वर्ष देखी होटेलमा काम गर्दै आएकी ती युवती तीन दिन अघि घरमा जान्छु भन्दै हिँडेको गौतमले बताए ।

    दलालले  नेपालगन्ज बाट लखनउ पुराएर  नक्कली परिचय पत्र बनाइ लखनउ बाट हवाईमार्गबाट मुम्बई पुर्‍याएको ती युवती भनाई  गौतमले उदृत  गरेका  छन् । मुम्बई देखी  पुनासम्म रेलवे  यात्रागर्ने क्रममा आफू  भाग्यले छुटेको बताउँछिन्,  गौतमले  भने  ।

    दलालहरू  तीन  जना मध्ये एक महिला र दुई जना पुरुष रहेको र एक जनाको नाम आफूलाई थाह भएको ती युवती बताएको  गौतमको  भनाई छ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij