२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दुई हजार दुई सय १६ जना कन्यालाई भोजन

दुई हजार दुई सय १६ जना कन्यालाई भोजन

दुई हजार दुई सय १६ जना कन्यालाई भोजन

दुई हजार दुई सय १६ जना कन्यालाई भोजन

दुई हजार दुई सय १६ जना कन्यालाई भोजन
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • परासी । पश्चिम नवलपरासीमा चौथो सोमबार दुई हजार दुई सय १६ जना कन्यालाई भोजन गराईएको छ ।

    नवलपरासीको सुस्ता गाउँपालिकाको वडा नं १ छिबनीस्थित बालपुरी मठधुनी मन्दिरमा  र बिनयी त्रिवेणीमा रहेको बालपुरी मठधुनी मन्दिरमा गरी दुई हजार दुई सय १६ जना  कन्यालाई भोजन गराईएको हो ।


    साउनको पहिलो  सोमबार पबित्र तीर्थस्थल त्रिवेणीधामबाट जल ल्याई त्रिवेणीको भक्तेश्वर महादेव,पशुपति मन्दिर र एक सय आठ शिवलिंग तथा छिबनीमा रहेको सिद्धपुरुष बालपुरी महाराजको जिउँदो समाधी एव एक सय आठ शिवलिगमा मानव सङ्गलोबाट जलार्पण गरिएको थियो । 


    सोही अवसर पारेर आज चौथो सोमबार पूर्व कानूनमन्त्री एव प्रतिनीधीसभा सदस्य ध्रुब बहादुर प्रधान ,जिल्ला समन्वय समितीका प्रमुख भगौतीप्रसाद यादव (रुदल) तथा बालपुरी मठधुनी मन्दिरका मठाधिस एक हजार आठ महन्त मोहन पुरी(मर्चहवा )बाबाले संयुक्त रुपमा  एघार सय आठ कन्यालाई भोजन गराएका हुन । उनले भने हरेका बर्ष चौथो सोमबार एघार सय आठ कन्यालाई भोजन गराउदै आएको र अरु बेला नवरात्री र चैत्र रामनवमी तिज कृष्णअष्टमी, तथा भजनकिर्तन हुदै आएको बताए । 


    उनले भने यो मन्दिरमा हरेक भक्तजनहरुले मानेको मनोकामना पुरा हुने  भएकोले भक्तजनहरु घुईचो लाग्ने गरेको बताए ।दिव्य अखण्ड धुनी बालपुरी मठमा प्राचीन समयदेखी नै निरन्तर बाली रहेको धुनी र खुर्सानीको हर्वन हुने भएकाले ययहाँ भक्तजनको बिशेष आकर्षण र आस्था छ । यो स्थल बाबा बालपुरी स्वामीले तपस्या गरेको तपोभूमि हो । 


    नेपाल र भारतका बिभिन्न ठाउँबाट गरी यहाँ बार्षिक हजारौँ भक्तजन भीड लाग्ने गरको छ । यस स्थल दर्शन गर्नाले मनोकामना पुरा हुने बिश्वास साथ भक्तजनमा बिशेष आस्था  र बिश्वास रहेको मठाधिस मर्चहवा बाबाकोे भनाई छ ।

    खुर्सानी हवन  गरी भुतप्रृेत भगाउन गरेको भुत भबिष्य जान्नाको लागि बाबासंग  मन्दिरमा बिहीबार र शानिबार ठूलो भिड लाग्न गरेको छ । मन्दिरमा पसिरमा अखण्ड धुनी शिवालय महाकाली, हनुमान मन्दिर ,गणोश मन्दिर एक सय आठ शिव लिङ्ग,शिव जिको ठूलो मूर्ति रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij