२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सर्पले डस्दा भाइकाे मृत्यु, दाइको अवस्था चिन्ताजनक

सर्पले डस्दा भाइकाे मृत्यु, दाइको अवस्था चिन्ताजनक

सर्पले डस्दा भाइकाे मृत्यु, दाइको अवस्था चिन्ताजनक

सर्पले डस्दा भाइकाे मृत्यु, दाइको अवस्था चिन्ताजनक

सर्पले डस्दा भाइकाे मृत्यु, दाइको अवस्था चिन्ताजनक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • बुटवल । कपिलवस्तु नगरपालिका वडा नम्बर १ जुहार टोलमा एउटै परिवारका दाइ भाइलाई विषालु सर्पले डस्दा भाइको मृत्यु भएको छ। दाइको अवस्था चिन्ताजनक रहेको छ।

    स्थानीय सन्तोष कुमार कसौधनको २ छोराहरूलाई राति सर्पले टोकेको हो।  १३  वर्षीय समर ( चिराग) कसौधनको मृत्यु भएको हो।  राति घरमा सँगै सुतेका समरका दाइ १४ वर्षीय राजलाई समेत सर्पले टोकेको थियो। राजको लुम्बिनी प्रादेशिक अस्पताल बुटमला उपचार भइरहेको बुवा सन्तोषले बताए।

    आईतावार राति ११ बजे सम्म साउनको साेमवार रामघाटमा स्नान गर्न जाने भक्तजनहरूलाई समर र राजले प्रसाद समेत वितरण गरेका थिए। राति दुबै जना घरमा सुतेका र बिहान अबेर सम्म नउठे पछि हेर्दा दुबै जनाको अवस्था रहेका थिए। दुबैलाई उपचारकालागि सोमवार बिहान तौलिहवा अस्पताल लगिएको थियो।

    अस्पताल मै चिरागको मृत्यु भएको थियो। राजलाई थप उपचारकालागि प्रादेशिक अस्पताल लगिएको थियो। रगत परीक्षण अघि के कारणले यस्तो भएको भन्ने यकिन भएको थिएन।  त्यहाँ उनको रगत परीक्षण गर्दा बल्ल सर्पले टोकेको पत्ता लागको बुवा सन्तोषले बताए। अहिले उनको त्यही उपचार भइरहेको छ। 

    कपिलवस्तुका डाक्टरहरूले आफूहरूलाई अल्झाउँदा छोरा चिरागको मृत्यु भएको सन्तोषले आरोप लगाए।  ‘छोरा राजलाई तत्कालै उपचारकालागि बुटवल नलगेको भए उ पनि बाच्न मुस्किल थियो’ उनले भने। मृतक चिराग बर्गदवा स्थित भगवानदास महाबिमा कक्षा ४ मा अध्ययनरत थिए भने घाइते राज कक्षा ८ मा अध्ययनरत छन्। चिरागको मृत्युले उनको परिवारमा चोकमा डुबेको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij