बुटवल । सरकारी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुको नाम प्रायः सबैजसो क्षेत्रका निजि अस्पताल तथा क्लिनिकहरुमा राख्ने गरिन्छ । यसो गर्दा सरकारी अस्पतालमा चिकित्सकले राम्रोसंग काम नगर्ने र निजिमा बिरामी पठाउने आरोप लाग्ने गरेको थियो ।
सोही कार्यलाई निरुत्साहित गर्नको लागि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले ठुलो कदम चालेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय उपत्यका (देउखुरी), नेपालले सरकारी कार्यालयको नाम र पद प्रयोग नगर्ने गरी चिकित्सक कर्मचारीहरुलाई आदेश दिएको छ
२०८१।०४।२८ को को मन्त्रीपरिषद्को निणर्य कार्यान्वयन गर्दै सरकारी नियुक्ती लिएका चिकित्सक, कर्मचारीहरुले आफ्नो नाम, पदम तथा एनओसी नम्बर नीजि क्लिनिकमा प्रयोग गर्न नपाउने नियम बनाएको हो ।
प्रदेशका स्वाथ्य सचिव डा. वासुदेव उपाध्यायले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफु कार्यरत सरकारी अस्पतालको नाम र पद प्रयोग गरी नीजि स्वास्थ्य संस्थाको ओ. पि. डि टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्ने गरेको पाएको बताए ।
उनले अब परान्त त्यस्तो क्रियाकलापहरु नगर्न नगराउन र गरेको भए हटाउने व्यवस्था मिलाउन आफु मातहतका सम्पुणर् कर्मचारीहरुलाई जानकारी गराई कडाइका साथ यो निणर्य पालना गराउन को लागि लुम्बिनी प्रादेशिक अस्पताल लगायतका अस्पताललाई पत्र पठाइएको जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वाथ्य मन्त्रालयले नियमको पूणर् पालन गर्न भन्दै साउन २८ गते पत्र नै पठाएको छ ।




