बासुदेव ढकाल / रामपुर पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम माथि छलफल भएको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा संगै चालु आर्थिक वर्ष २०८१/०८२ को अनुमानित बजेट, लक्ष्य तथा कार्ययोजना माथि छलफल भएको हो ।
सस्थाको मुख्य कार्यालयको सभाहलमा भएको कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकाटाको अध्यक्षतामा कार्यक्रममा संस्थाको रामटार सेवा केन्द्रको तर्फबाट रामटार सेवा केन्द्र प्रमुख सरोज आचार्य, ताहुँ सेवा केन्द्रको तर्फबाट ताहुँ प्रमुख चोलेश्वर चाँपागाई, जब्गादी सेवा केन्द्रको तर्फबाट प्रमुख प्रसान्त श्रेष्ठ, रामपुर एम.एफ. तर्फबाट प्रमुख केशबराज पंगेनी, रामपुर नियमित तर्फबाट सेवा केन्द्र प्रमुख शर्मिला वास्तोला, सहयोगी सेवा केन्द्र तर्फबाट प्रमुख नारायण ढकाल, केन्द्रीय कार्यालयबाट लेखा सहायक तेज प्रसाद श्रेष्ठ, ऋण विभागको तर्फबाट ऋण विभाग प्रमुख रामचन्द्र ढुङ्गानाले आफ्नो शाखाको प्रगति प्रतिवेदन राखेका थिए ।
संस्थाको चालु आ.व.०८१/०८२ मा संचालन हुने कार्ययोजना र बजेट माथि सहायक व्यवस्थापक प्रविन न्यौपानेले प्रस्तुतिकरण राख्नु भएको थियो । कार्यक्रममा संस्थाले लिएका लक्ष्यहरुलाई प्राप्ति गर्नका लागि अपनाउनु पर्ने नितिगत व्यवस्था र रणनीति बारे व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले प्रकाश पारेका थियाे ।
कार्यक्रममा प्रस्तुत भएका प्रतिवेदनहरु उपर सहभागिहरुले जिज्ञासा, राय, सल्लाह सुझाब राखेका थिए। सल्लाहकार तथा संस्थापक अध्यक्ष मोहन भट्टराई, लेखा सुपरीवेक्षण समिति सदस्य रामप्रसाद ढकाल रमेशले आ–आफ्नो भनाई राखे ।
संस्थाले हाल ५ वटा सेवा केन्द्र मार्फत सदस्यलाई सेवा उपलब्ध गराईरहेको छ । हाल संस्थामा ११,०१४ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले ए अर्ब ५७ लाख बराबरको पूँजि परिचालन गरिरहेको छ ।संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागतबाट संचालन भएको कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गरेका थिए ।




