२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बैदेशिक रोजगारीको आवश्यक प्रक्रिया रुपन्देहीबाटै

बैदेशिक रोजगारीको आवश्यक प्रक्रिया रुपन्देहीबाटै

बैदेशिक रोजगारीको आवश्यक प्रक्रिया रुपन्देहीबाटै

बैदेशिक रोजगारीको आवश्यक प्रक्रिया रुपन्देहीबाटै

बैदेशिक रोजगारीको आवश्यक प्रक्रिया रुपन्देहीबाटै
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • बुटवल । बैदेशिक रोजगारीको लागि आवश्यक सबै जसो प्रक्रियाहरु अब रुपन्देहीबाटै उपलब्ध हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीमा जाने श्रमिकको लागि आवश्यक पर्ने सबै संयन्त्र बुटवल, भैरहवा र पोखरामै उपलब्ध गराउने निर्णय गरेको छ।

    श्रममन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा हालै बसेको सर्वपक्षिय बैठकमा यो निर्णय भएको हो। मन्त्रालयका प्रवक्ता गोबिन्द प्रसाद रिजालले यसका लागि सरोकारवालाहरुसँग छलफल भइरहेको जानकारी दिए। ‘सरोकारवालाहरुसँग २ चरणमा छलफल गर्यौ। त्यो भयो भने बैदेशिक रोजगारमा जानेहरुले त्यही एयरपोर्टबाट सुविधा पाउन भन्ने हो।’ उनले भने ‘बैदेशिक रोजगारमा जाँदा आवश्यक पर्ने भिसा बाहेकका जति कुरा आवश्यक पर्छ सबै सेवाहरु एकिकृत किसिमले दिने कि भन्ने सोँच बनाएको हो।’

    अहिले बुटवलमा श्रम स्वीकृती दिने कार्यालय छ। यहाँ केही कर्मचारी थपेर सेवा दिने गरि अघि बढेको मन्त्रालयका प्रवक्ता रिजालले बताए। जस अनुसार स्वास्थ्य परिक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिमकेन्द्र, कल्याणकारीको सामाजिक सुरक्षा कोष, विमा, प्रहरीले दिने चारित्रीक प्रमाणपत्र लगायतका कुराहरु हुने उनले बताए। म्यानपावर कम्पनीको केही शाखाहरु रुपन्देहीमा पनि छन्। नभएकाहरुलाई जानुपर्छ भने भनिरहेको रिजालको भनाइ छ।

    उद्घाटन भएको दुई वर्ष भन्दा बढि भइसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउन सकेको छैन। अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीहरु निराश छन्। उनीहरुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि श्रमसम्बन्धी सबै सेवा यहीबाट उपलब्ध हुनुपर्ने माग गर्दे आएका थिए। श्रम मन्त्रालयको यो निर्णय पछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुने आशा जागेको छ। यस्तै श्रम मन्त्रालयले कतारको भिसा सेन्टर पनि भैरहवा र पोखरामा स्थापना गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij