२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

इलाका प्रशासन कार्यालय रामपुर अब आफ्नै भवनमा

इलाका प्रशासन कार्यालय रामपुर अब आफ्नै भवनमा

इलाका प्रशासन कार्यालय रामपुर अब आफ्नै भवनमा

इलाका प्रशासन कार्यालय रामपुर अब आफ्नै भवनमा

इलाका प्रशासन कार्यालय रामपुर अब आफ्नै भवनमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • बासुदेव ढकाल / रामपुर (पाल्पा) । पाल्पा रामपुरको इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेको छ । रामपुर नगरपालिका-५ बेझाँडमा निर्माण भएको सुविधा सम्पन्न भवनबाट कार्यालयले सेवा दिन थालेको हो ।

    जिल्ला सरदर मुकाम तानसेन देखी ६५ कि.मि. पुर्व रामपुर क्षेत्रमा २०७३ सालमा स्थापना भएको कार्यालयले स्थापना देखि नै रामपुर ५ बेझाँड स्थित भाडाको घर बाट सेवा दिदै आएको थियो ।

    कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाह समस्या हुँदै आएको थियो । आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसंगै गार्ड हाउस, क्यान्टिन तथा कम्पाउण्ड निर्माण भएको छ ।

    कार्यालय प्रमुख कार्कीले कोठा अभावका कारण दैनिक सेवा प्रवाहमा असहज हुँदै आएकोमा भवन निर्माण पश्चात थप सेवा सुचारु गर्न सहज हुने बताए ।

    डिपिआर, माटो परिक्षण, भवन निर्माण र कर्मचारी भर्ना गरी कुल चार करोड ५६ लाख ७७ हजार ५७१ को लागतमा १४ कोठा सहितको साढे २ तल्ले भवन भवन निर्माण कार्य सम्पन्न भएपछि गत साउन ७ देखि सेवा दिन सुरु गरिएको कार्यालय प्रमुख गणेश बहादुर कार्कीले जानकारी दिए ।

    उनले भने,“कोठा अभावका कारण सेवा प्रवाहमा असहज भएको थियो । प्रशासनबाट हुँदै आएका कार्य संगै थप सेवा प्रदान गर्नका लागि समेत सहज हुने भएको छ ।”


    हाल सम्म कार्यालय बाट नागरिकता प्रदान संगै संगै नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको छ । भवन निर्माण संगै इलाका प्रशासन बाटै राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रदानको लागि प्रयास भैरहेको उनले जानकारी दिए । पछिल्लो समय औसतमा दैनिक ६० नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाको ३ पालिका भित्रका १७ वडाका जनतालाई सेवा प्रदान गर्दै आएको छ ।

    इलाका प्रशासन कार्यालय रामपुरले पाल्पा जिल्लाको ३ पालिका भित्रका १७ वडाका जनतालाई सेवा प्रदान गर्दै आएको छ ।  जसमा रामपुर नगरपालिकाको १० वटै वडा,  पूर्वखोला गाउँपालिका वडा नं. १ र निस्दी गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म रहेको छन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij