२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र

बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र

बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र

बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र

बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिकाले अपांगता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरेको छ। अपांगता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो।

    बुधबार बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले डिजिटल परिचय पत्र वितरण गरेर यसको शुभारम्भ गरेकी थिइन्।

    उनले नगरलाई डिजिटल रुपमा अगाडि लैजाने र डिजिटल प्रविधिका कारण सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरिन्।

    बुटवल उपमहानगरपालिकाबाट परिचय पत्र लिएका ९ सय ६४ जना रहेको र बाँकी रहेका अपांगता भएका व्यक्तिहरुलाई नियमित रुपमा वितरण गर्ने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले बताइन्।

    उनका अनुसार बुटवलमा क वर्गको रातो परिचय पत्र लिने ३ सय, ख वर्गको निलो ४ सय २५, ग वर्गको पहेलो २ सय १३ र घ वर्गको सेतो परिचय पत्र लिने २८ जना अपांगता भएका व्यक्तिहरु रहेका छन्। 

    यसअघि परिचय पत्र लिएकाहरुले नयाँ परिचय पत्र लिन नपर्ने र हराएमा प्रतिलिपि लिँदा डिजिटल परिचय पत्र दिने व्यवस्था मिलाएको उनले बताइन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij