२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलको स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल

बुटवलको स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल

बुटवलको स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल

बुटवलको स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल

बुटवलको स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिका र बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको टीमबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा छलफल भएको छ।

    बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य र शिक्षाको अवस्थाका बारेमा जानकारी गराएका थिए। उनले बुटवलले शहरी स्वास्थ्य केन्द्र र २ वटा अस्पतालमार्फत वडास्तरमा सेवा दिइरहेको र त्यस्ता केन्द्रहरुको सुविधामा सुधार ल्याउन चाहेको बताए।

    'हामीले १९ वटै वडालाई सेवा पुग्ने गरी शहरी स्वास्थ्य केन्द्र र अस्पतालहरु सञ्चालन गरेका छौं, यसबाहेक जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, महिलाहरुको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ शिविर, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र शिविरहरु सञ्चालन गरिरहेका छौं, उनले भने-मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई अझ प्रभावकारी बनाउने र नागरिकको घरदैलोमा स्तरीय सेवा पुर्‍याउने गरी काम गर्न खोजिरहेका छौं, यसका लागि आवश्यक उपकरणहरु, जनशक्ति र केही पूर्वाधारमा विकास साझेदारहरुसँग सहकार्य गर्न चाहन्छौं।'

    भेटका क्रममा बेलायत सरकारको राष्ट्रिय स्वास्थ्य प्रणालीका प्रतिनिधि र बेलायती राजदुतावास काठमाडौंका प्रतिनिधिले बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको बताए। उनीहरुले बुटवलको शहरी स्वास्थ्य अवस्थालाई सुधार गर्ने र घरदैलोमा स्वास्थ्य सुविधा पुर्‍याउने योजना राम्रो रहेको बताएका थिए।

    भेटमा बेलायत सरकारको नेशनल हेल्थ सिस्टम फर ग्लोबलका प्रतिनिधिहरु केशले एलिजावेथ म्याकवाट, लुइस अमान्डा पार्क र पारु पटेल तथा बेलायती दुतावासका डिएगो मरोसो, डा दीपक कार्की र सगुन पौडेल तथा बुटवल उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, आर्थिक विकास महाशाखा प्रमुख तुल्सा अर्याल र स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको सहभागिता रहेको थियो।

    बेलायतले नेपालको स्वास्थ्य, शिक्षा र विपत् व्यवस्थापनका क्षेत्रमा खर्च हुने गरी नेपाललाई दिने १३ अर्ब रुपैयाँ अनुदान सहायतामध्ये बुटवलको स्वास्थ्य क्षेत्रमा समेत खर्च गर्ने योजनाअनुसार बेलायती टोलीले छलफल गरेको हो।

    नेपाल सरकारले बेलायतबाट प्राप्त हुने अनुदान सहायतासम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरिसकेको छ। मन्त्रिपरिषद्को बैठकले ‘समर्थम इन्ह्यान्सिङ जेन्डर एन्ड ह्युमन डेभलपमेन्ट आउटकम्स थ्रो सिस्टम स्ट्रेन्थेन’ नामक कार्यक्रमका लागि प्राप्त हुने ३८.८ मिलियन पाउन्ड स्टर्लिङ (करिब ६ अर्ब ५८ करोड रुपैयाँ) अनुदान सहायता समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरिसकेको छ।  

    गत ९ फागुनमा नेपाल भ्रमणमा आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले बेलायत–नेपाल विकास पोर्टफोलियो उद्घाटन गर्दै नेपाललाई सहायता गर्ने घोषणा गरेका थिए। सोक्रममा बुटवल आएका मन्त्री मिचेलले नगर प्रमुख पाण्डेयसँग भेटेर बुटवलको स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने जनाएका थिए।

    सन् २०३० भित्र सम्झौता कार्यान्वयन हुँदा करिब साढे १३ हजार जनाका लागि रोजगारी सिर्जना हुने विश्वास लिइएको छ। परियोजना कार्यान्वयनमा आइसक्दा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा २० लाख महिला र किशोरीको पहुँच पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij