२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल

दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल

दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल

दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल

दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • बुटवल । बुटवलमा बिक्री भइरहेको दुधको गुणस्तर बढाउन बुटवल उपमहानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ।

    बुधबार बुटवलभित्र दुध तथा दुधजन्य पदार्थ बिक्री वितरण गर्ने सप्लायर्स र डेरी व्यवसायीहरुका बीचमा छलफल भएको हो।

    यही साउन १४ र २४ गते दुधको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही पठाएपछि प्राप्त नतिजाबारे छलफल गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।

    उनले बुटवलमा बिक्री हुने दुधको गुणस्तरमा केही समस्या देखिएकाले समाधान तर्फ चासो दिन व्यवसायीहरुलाई आग्रह गरिन्।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, अनुगमन महाशाखा प्रमुख तुल्सा अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षक दीपक कुमार यादव, डेरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्षलगायतले बोल्दै दुधको गुणस्तर बढाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij