बुटवल । नियमित मर्मत सम्भारका लागि लुम्बिनी केबलकार दुई दिन बन्द हुने भएको छ ।
केबलकार कम्पनीले एक सूचना जारी गर्दै साउन ३१ र ३२ गते केबलकारको सेवा सञ्चालन नहुने सर्वसाधारणमा जानकारी गराएको हो । हरेक ४–४ महिनामा मर्मत सम्भार गर्नुपर्ने तालिका अनुसार मर्मत सम्भारका लागि दुई दिन सेवा बन्द रहने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थले जानकारी दिए ।
‘केही समस्या भएर वा बिग्रेर नभई अष्ट्रियन कम्पनी डुपलमेयरको नियम अनुसार केबलकारलाई सधैं ठीक राख्न र सुरक्षित बनाउन तालिकामा तलमाथि नगरी मर्मत गर्ने गरेका छौं’–अपरेसन म्याजेनर कायस्थले बताए । भदौ १ गते बिहान ९ बजेबाट सेवा पुर्ववतरुपमा सुचारु हुने कम्पनीले जनाएको छ ।
आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको लगानीमा निर्माण भई २०८० जेठ १५ गतेबाट सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केवलकार हो ।
लुम्बिनी केबलकारमा भदौसम्म सोमबार टिकटदर आधा सस्तो
लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक, बुटवल र तिनाउगाउंपालिकाले पाए साढे २२ लाख कर




