परासी । नगरप्रमुख छात्रवृत्ति कोष"मार्फत बिपन्न विद्यार्थीहरु लाभान्वित भएका छन । बर्दघाट नगरपालिकाले गरिब तथा अति बिपन्न घरपरिवारका विद्यार्थीका लागि कोष मार्फत रकम उपलब्ध गराएको हो ।बिगत बर्षर्षदेखी नै छात्रवृत्ति उपलब्ध गराउदै आईएको छ ।
नगरपालिकाले छात्रवृत्तिका लागि १५ दिने सुचना जारी गरि निवेदन माग गरेको थियो । सोही अनुसार ५१ जनाको निवेदन परेकोमा ३० जना विद्यार्थी छात्रवृत्तिका लागि छनौट भएका हुन ।विभिन्न मापदण्ड र सुचक पूरा भएको आधारमा छात्रवृत्ति उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ ।
छ। जसमा न्युनतम ८ हजार देखि अधिकतम ५० हजार बराबरको ४ लाख १२ हजार रुपैयाँ रकम उपलब्ध गराईएको छ ।
छात्रवृत्ति प्राप्त गर्नेमा दुई जना एमबिबिएस अध्ययन गर्ने विद्यार्थी रहेका छन भने अन्य नगर भित्र अध्ययन गर्ने सामुदायिक बिद्यालयका विद्यार्थीहरु रहेका छन ।
अघिल्लो आर्थिक बर्षमा अपाङ्ग,अशक्त तथा द्वन्द्व पिडित परिवारका विद्यार्थीका लागि समेत ४ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
उनले भने ‘गरिब तथा बिपन्न कोहि विद्यार्थीहरु पनि आर्थिक अभावकै कारण पढाई बाट बन्चित नहोउन भन्ने नै हो,शिक्षा विद्यार्थीको हक पनि हो,यसर्थ हामिले सक्दो प्रोत्साहन पनि गरेका हौं।’
नगरपालिकाले कार्यबिधीनै बनाईसकेकाले सोहि मापदण्ड अनुरुप वास्तविक बिपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराईको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।




