२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लोकल कुखुराको भाले र घ्यू सुत्केरीलाई उपहार

लोकल कुखुराको भाले र घ्यू सुत्केरीलाई उपहार

लोकल कुखुराको भाले र घ्यू सुत्केरीलाई उपहार

लोकल कुखुराको भाले र घ्यू सुत्केरीलाई उपहार

लोकल कुखुराको भाले र घ्यू सुत्केरीलाई उपहार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • बासुदेव ढकाल / रामपुर(पाल्पा) ।  पाल्पाको रामपुर नगरपालिका वडा नं.२, पाल्पाले वडा भित्रका सुत्केरी महिलालाई लोकल कुखुराको भाले र घ्यू उपहार दिन सुरु गरेको छ ।

    वडा भित्रको स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा लिएका सुत्केरी आमालाई ‘गर्भवती, सुत्केरी तथा बालबालिका पोषण कार्यक्रम’ मार्फत चालु आर्थिक वर्ष देखि सुत्केरी भएका महिलालाई पोषणको लागि एक वटा कुखुराको भाले र एक केजी घ्यू दिन सुरु गरेको हो ।


    गत आर्थिक बर्षमा अण्डा उपहार कार्यक्रम संचालन गरेको वडाले सुरक्षित सुत्केरी कार्यक्रमलाई महत्व दिदै चालु आर्थिक वर्ष देखि वडाले सुत्केरी आमा र शिशुको पोषणलाई मध्यनजर गर्दै वडा कार्यालयले घर मै पुगेर भाले र घ्यू उपहार दिन  सुरु गरेको वडा कार्यालयले जनाएको छ ।

    वडाका जनप्रतिनिधि, कर्मचारी  स्वास्थ्यकर्मीको उपस्थितिमा वडाध्यक्ष कृष्ण बहादुर दर्जीले आधारभूत स्वास्थ्य केन्द्र भलायटारमा सुरक्षित सुत्केरी गराएका भलायटारका सुत्करी नेत्र कुमारी थापा र खयरबोटका सीता नेपालीलाई प्रतिब्यक्ति १ लोकल भाले र १ माना घ्यु उपहार प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेको हो ।

    सुत्करीलाई उपहार प्रदान गर्दै वडाध्यक्ष दर्जीले जनजाती र दलित समूदायको बसोबास रहेको वडामा सुरक्षित सुत्केरी गराई आमा र बच्चाको सुरक्षाको लागि जनचेतना वढाई कार्यक्रमलाई प्रभावकारी बनाउन सुत्केरी उपहार कार्यकंम ल्याईएको बताए ।

    आधारभूत श्वास्थ्य केन्द्र भलायटार र शहरी श्वास्थ्य केन्द्र खयरबोटमा सुरिक्षत सुत्केरी प्रोत्साहन सुत्केरी महिला लोकल कुखुराको भाले र घ्यू उपहार कार्यक्रमका लागि यस आ.व.मा १ लाख बजेट विनियोजन गरेको वडा सचिव तारानाथ पोख्रेलले जानकारी दिएका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij